पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा सन्तोषजनक उपलब्धि : प्राधिकरण (भिडियोसहित) | Khabarhub Khabarhub

पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा सन्तोषजनक उपलब्धि : प्राधिकरण (भिडियोसहित)


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कोभिड–१९ का कारण सिर्जित जोखिमहरुको व्यवस्थापन गर्दै पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा सन्तोषजनक उपलब्धि हासिल गरेको दाबी गरेको छ ।

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले स्थापना भएदेखि अहिलेसम्म पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा सन्तोषजनक उपलब्धि हासिल गरेको जनाएको हो । पुनर्निर्माण र पुनर्स्थापनाको प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशतको उपलब्धि प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार अनुदान सम्झौता गरेका ८,११,७५४ लाभग्राहीमध्ये घर पुनर्निर्माण शुरू गरेका कुल लाभग्राहीको संख्या ७,५३,१०४ अर्थात् झण्डै ९३ प्रतिशत पुगेको छ ।

हेरौँ भिडियो

यसै आर्थिक वर्षभित्र निजी आवासको मूलभूत काम सम्पन्न गर्ने लक्ष्य हासिल हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । भूकम्पपछि २९९ वटा असुरक्षित स्थानमा रहेका ४,७२० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको र १२,७८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण सिर्जना गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

क्षतिग्रस्त ९२० सम्पदामध्ये ४९३ वटाको पुनर्निर्माण सम्पन्न गरेका र २८८ वटा पुनर्निर्माण भइरहेको पनि प्राधिकरणले जनाएको छ । त्यसैगरी, भूकम्पबाट क्षतिग्रस्त कुल ७,५५३ विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न गरेको र १७ प्रतिशत विद्यालय पुनर्निर्माण भइरहेको ज्ञवालीले बताए । पुनर्निर्माणका लागि भएको दाता सम्मेलनमा प्रतिबद्धता व्यक्त भएको ४ सय १० अर्ब रुपैयाँमध्ये ६७ अर्ब राहत तथा उद्दार एवं अन्य कार्यक्रममा खर्च भएका ज्ञवालीले बताए ।

पुनर्निर्माणका लागि स्वीकृत पञ्चवर्षीय पुनर्निर्माण तथा पुनर्स्थापना योजनाअनुसार परिमार्जित कुल बजेट आवश्यकता ४ खर्ब ८८ अर्ब रुपैंया हो । यसमध्ये हालसम्म नेपाल सरकार एवं दातृ निकायहरुको समेत गरी २०७७ चैत्र मसान्त कूल ३ खर्ब ५७ अर्ब रुपैँया खर्च भैसकेको प्राधिकरणले जनाएको छ ।

२०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु पारेर गएको विनाशकारी भूकम्पको ६ वर्ष पूरा हुन लागेको अवसरमा प्राधिकरणले पत्रकार सम्मेलन गरि पुननिर्माणको अवसथका बारेमा जानकारी गराएको हो । भूकम्प र त्यसपछिका परकम्पबाट भएको क्षतिको पुनर्निर्माण र पुनस्र्थापनाको उद्देश्यसहित २०७२ पौष १० गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन भएको थियो ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ८ : ४६ बजे

लोकमानलाई शक्तिहीन बनाउने ओमप्रकाशको अग्निपरीक्षा

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा ओमप्रकाश अर्यालले गृह र कानून,

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुने

काठमाडौँ – अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्‌

तातोपानी र रसुवागढी नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङ भन्सार खोलियो

काठमाडौं– चीनसँगको वैदेशिक व्यापारका लागि प्रयोग हुँदै आएका सिन्धुपाल्चोकको तातोपानी

प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार जाँदै भारतीय राजदूत

काठमाडौँ – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव प्रधानमन्त्री सुशीला

झापामा एक सय ५२ भौतिक संरचनामा क्षति

सुरुङ्गा– जेनजी आन्दोलनका क्रममा झापामा १५२ वटा भौतिक संरचनामा क्षति