चलचित्र क्षेत्रमा सरकारले राहत कार्यक्रम ल्याउने | Khabarhub Khabarhub

चलचित्र क्षेत्रमा सरकारले राहत कार्यक्रम ल्याउने


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले कोरोनाले नेपाली चलचित्र क्षेत्रमा पारेको असरलाई ध्यानमा राखी केही राहत कार्यक्रम ल्याउने योजना बनाएको बताएका छन् ।

कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनद्वारा आज काठमाडौँमा आयोजित ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल’को नौ संस्करणको उद्घाटन समारोहमा मन्त्री ज्ञवालीले विश्वभरि फैलिएको कोरोना भाइरसका कारण नेपाली चलचित्र क्षेत्रमा पनि प्रत्यक्ष असर परेकाले सरकारले सहयोग गर्ने आश्वासन दिए ।

कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपालले वार्षिकरुपमा अन्तर्राष्ट्रियरुपमा चलचित्र महोत्सव आयोजना गर्नुपर्ने जनाउँदै त्यसका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताए । चलचित्र विकास सङ्घका अध्यक्ष आकाश अधिकारीले सरकारले नेपाली चलचित्र क्षेत्रको विकास गर्न वार्षिकरुपमा कार्यक्रम ल्याउनुपर्ने तथा नेपाली चलचित्र अन्तर्राष्ट्रियकरण गर्न पहल गर्नुपर्ने बताए ।

कलेजका संस्थापक डा मञ्जु मिश्रले महोत्सवले अफ्रिका र नेपालबीच थप घनिष्ठ सम्बन्ध स्थापना हुने र दुई देशलाई नजीकबाट बुझ्न थप सहयोग पुग्ने बताए । तीन दिनसम्म चल्ने महोत्सवमा नौ अफ्रिकीसहित केही नेपाली चलचित्र प्रदर्शन गरिने जनाइएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ९ : ०१ बजे

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका

खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी – सप्तरीको खडक नगरपालिका(११ मा करेन्ट लागेर स्थानीय ५८

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर

पशुपालनमा जलवायु परिवर्तनका असर

गण्डकी – गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको