कुनै हालतमा एमालेबाट भागेर जादैनौँ : भीम रावल (भिडियोसहित) « Khabarhub

कुनै हालतमा एमालेबाट भागेर जादैनौँ : भीम रावल (भिडियोसहित)


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाएर जान खोजेको आरोप लगाएका छन् ।

शुक्रबार रिपोटर्स क्लब नेपालले काठमाडौँमा गरेको साक्षात्कारमा उनले ओलीले पार्टी फुटाएर गएमा निर्णायक कदम चाल्ने पनि बताए । उनले आफूहरु कुनै हालतमा एमालेबाट नभाग्ने स्पष्ट पारे ।

नवौं महाधिवेशनको म्यान्डेट अनुसार ओली अध्यक्ष भएको र आफूहरु पनि पदाधिकारी भएको उनको भनाइ छ । उनले सांसद पद जाने गरी विधि–विधान विपरित कार्य नगरेकाले अध्यक्ष ओलीले पदमुक्त गर्न नसक्ने तर्क गरे ।

हेरौँ भिडियो

विधि र विधान विपरित कसैले पदबाट हटाउँदैमा नहट्ने तर्क गर्दै ओलीको गतिविधि नेकपा एमाले विभाजनको दिशातर्फ बढिरहेको आरोप लगाए । रावलले सहमतिका लागि २ जेठ २०७५ को अवस्थामा नेकपा एमालेको संरचनालाई सक्रिय बनाउनुको विकल्प नभएको बताए ।

उनले ओलीले चालेका कदमहरु नसच्याएर देशमा अस्थिरता र अराजकता मच्चिने बताए । देशको सीमाना मिचिएको भन्दै रावलले त्यस्तो अवस्थामा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने, नेकपा विघटन गर्ने र फेरि एमाले नै विघटन गराउन खोज्ने गतिविधि गरिरहेको आरोप लगाए ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ८ : ०१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना