बर्दिया कांग्रेसका कार्यवहाक सभापतिसहित ४४ जनाले दिए सामूहिक राजीनामा (पत्रसहित) | Khabarhub Khabarhub

बर्दिया कांग्रेसका कार्यवहाक सभापतिसहित ४४ जनाले दिए सामूहिक राजीनामा (पत्रसहित)


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुरली गोडिया

काठमाडौँ– गुण्डा लगाएर कार्यवहाक सभापतिसहितलाई हातपात गरेको भन्दै नेपाली कांग्रेस बर्दिया कार्यसमितिका ४४ जनाले राजीनामा दिएका छन्।

बर्दिया क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सभापति मुक्तिनाथ यादवले गुण्डा परिचालन गरी कार्यवहाक सभापति मिश्रीलाल यादव लगायतमाथि  हातपात गर्नुका साथै कार्यालय बन्द गरेको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएको जनाएका छन् ।

कांग्रेसको १४ औँ महाधिवेशन सम्पन्न गर्ने महत्त्वपूर्ण समयमा पार्टीका नेताहरूमाथि गुन्डा परिचालन गर्ने, हातपात तथा मान-सम्मानमा गम्भीर आँच आउने कार्य भएको हुँदा काम गर्न सक्ने अवस्था नरहेको सामूहिक राजीनामा पत्रमा जनाइएको छ ।

राजीनामा पत्रमा भनिएको छ, ‘यो विषम परिस्थितिमा पार्टी कार्यालयमा तालाबन्धदी गरी बाहिर गुण्डाहरु परिचालन गरेकाले हामी पार्टीमा काम गर्न असमर्थ रहेका छौँ, आ-आफ्नो पदबाट राजीनामा दिएका छौँ ।’

शुक्रबार गुलरियामा अयोजित पत्रकार सम्मेलनमा कार्यबाहक सभापति मिश्रीलाल यादवले यस्तो कार्य निन्दनीय भएको बताए ।

पार्टीको महाधिवेशनलाई सम्पन्न गर्ने महत्वपूर्ण समयमा पार्टीको काम खटिरहेका आफूहरुमाथि बर्दिया क्षेत्र नं. १ का क्षेत्रीय सभापति मुक्तिनाथ यादव, पूर्व सचिव तेज बहादुर भाट लगायतका व्यक्तिहरूले हातपात गरेको तथा  कार्यालयको सचिवालय कक्षमा गई नेताहरुलाई लछारपछार गरी तालाबन्दी गरेको पत्रमा जनाइएको छ ।

यस्तो छ सामूहिक राजीनामा पत्र

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ५ : १८ बजे

मेनुकाको आँखामा राखियो ‘कस्मेटिक प्रोथेस्टिक’, देख्न नसकेपनि चस्मा लगाउन नपर्ने

काठमाडौं– गायिका मेनुका पौडेलको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ भनिने कृत्रिम आँखा

बजेट तर्जुमा प्रक्रियामै प्रधानमन्त्रीको हस्तक्षेप, अप्ठेरोमा अर्थमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेट तर्जुमा

ब्रोकर कमिसन कटौती : काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर !

काठमाडौं– नेपालमा एउटा निकै चर्चित उखान छ – ‘काम कुरो

२२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन

काठमाडौं– इन्जिनियनिङ पढिरहेकी २२ वर्षीया किशोरी स्नेहा लामिछाने एक सातादेखि

एकीकृत समाजवादीको स्पष्टीकरण : सरकारको विकल्प खोज्न दायाँबायाँ गरिएको छैन

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले अहिले नै