नेपाल सुपर लिगको सबै तयारी पूरा, दर्शक बिना खेल हुने « Khabarhub

नेपाल सुपर लिगको सबै तयारी पूरा, दर्शक बिना खेल हुने


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ (एनएसएल) को सबै तयारी पूरा भएको छ ।

आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी सकिएको जनाएको हो ।

आयोजकले कोरोना भाईरसको महामारी बाबजुत सरकारसँग छलफल गर्दै सरकारको अनुमतिमा लिग आयोजना गर्न लागेको जनाएको छ । प्रतियोगिताका निर्देशक श्रेयन्स कार्कीले क्लबले लगानी गरिसकेको कारण बन्द रंगशालामा भएपनि प्रतियोगिता आयोजना गर्न गईरहेको बताए । सरकारको सबै स्थानमा पत्र पठाएर स्वीकृती लिएर अघि बढेको उनले बताए । प्रतियोगिता निर्देशक कार्कीले दर्शकलाई अनुमति नमिले पनि फरक माध्यमबाट प्रतियोगिताले खेलकुदको माहोल ल्याउने बताए ।

पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ । जसमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीचको खेलसँगै लिगको सुरुवात हुनेछ । काठमाडौं र ललितपुरबीचको उद्घाटन खेल साँझ ५ : ३० बजे सुरु हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । जेठ १ सम्म सञ्चालन हुने लिगमा कुल २५ खेल हुनेछ । प्रतियोगिताको विजेताले ३५ लाख पाउने आयोजकले जनाएको छ । यस्तै उपविजेताले १५ लाख पाउने छन् ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ९ : १६ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट