साना लगानीमा खुलेका सञ्चारगृहको संरक्षणका लागि जोड « Khabarhub

साना लगानीमा खुलेका सञ्चारगृहको संरक्षणका लागि जोड


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई विमन्स एरा एण्ड मिडिया ग्रुपले आज सम्मान गरेको छ ।

कार्यक्रममा ग्रुपद्वारा महासङ्घका सचिव सिर्जना अर्याल, केन्द्रीय सदस्य शन्तराम बिंडारी, काठमाडौँ शाखाका उपाध्यक्ष अप्सरा गौतम तथा सदस्यत्रय कृष्णराज गौतम, रमेश बोहरा र शोभा अर्याललाई सम्मान गरिएको हो ।

सो अवसरमा सचिव अर्यालले पत्रकारिता क्षेत्रले सत्य, तथ्य सूचना तथा समाचारका माध्यमबाट समाजलाई ज्ञान प्रवाह र सामाजिक रुपान्तरणमा सहयोग पुर्‍याउनुपर्ने बताए । केन्द्रीय सदस्य बिंडारीले साना लगानीमा खुलेका सञ्चारगृहको संरक्षणका लागि जोड दिए ।

काठमाडौँ शाखाका उपाध्यक्ष गौतम, सदस्यत्रय गौतम, बोहरा, अर्याल र शोभा अर्यालले श्रमजीवी पत्रकारका पक्षमा भएका नीतिगत योजना अगाडि बढाउन सकेमा यस क्षेत्रलाई थप व्यावसायिक बनाउन सकिने विचार व्यक्त गरे ।

ग्रुपका अध्यक्ष प्रतिमा राईले जुनसुकै समयमा पनि समाजमा गतिशील हुनुपर्ने सञ्चारकर्मी जोखिममा रहेकामा चिन्ता व्यक्त गर्दै कतिपय सञ्चारगृहले समयमा नै पत्रकारलाई पारिश्रमिक नदिएर शोषण गरिरहेकाले त्यसतर्फ संवेदनशील बन्न महासङ्घलाई आग्रह गरिन् ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १० : ३० बजे

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान