रसुवामा तीन जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

रसुवामा तीन जनामा कोरोना संक्रमण पुष्टि


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लामो समयदेखि शून्यतामा झरेको कोभिड–१९ सङ्क्रमण पुनः देखिन थालेपछि रसुवामा थप सजकता अपनाइएको छ ।

उत्तरगया गाउँपालिका–५ पहिरेबेसीँ गाउँक्षेत्रमा बसोवास गर्ने ६०, ३३ र ३२ वर्षका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रमा पूर्वसावधानी अपनाउन र स्वास्थ्यकर्मीले परामर्श सेवा दिन समेत थालिएको छ ।

घर नजिकको निर्माणाधिन एक जलविद्युत् आयोजनामा काम गर्न जानुपूर्व तीन जना मजदूरले त्रिशूली अस्पताल नुवाकोटमा स्वाव परीक्षण गराउँदा पोजेटिभ आएपछि उनीहरूलाई होम आइसोलेशनमा राखिएको जनस्वास्थ्य अधिकृत मनिषा देवकोटाले जानकारी दिए ।

सो आयोजनाले कामदार लिनुपूर्व पीसीआर परीक्षण रिपोट माग्ने गरेको छ । उनीहरूलाई ज्वरो तथा रूघाखोकीजस्ता कुनै लक्षणको समस्या नदेखिएको र गाउँ समाजमा सर्न सक्ने सम्भावनालाई मध्येनजर राख्दै सङ्क्रमित तीनै जनालाई जनस्वास्थ्यको मापदण्डका बारेमा आवश्यक परामर्शसमेत दिई अनुगमन भइरहेको बताइएको छ ।

उनीहरू नियमित घरेलु काम गर्दै आएका व्यक्ति भएकाले सामान्य खालको सङ्क्रमण हुनसक्ने आँकलन गरी पूर्णरूपले सजकता अपनाइएको स्थानीय बासिन्दाले बताएका छन् ।

यस्तै कोरोना नियन्त्रणका लागि नियमितरूपले मुखमा मास्क लगाउने, साबुनपानीले हातधुने, सामाजिक दूरी कायम गर्ने गराउने, सार्वजनिक स्थालमा कामको प्रकृति हेरी २५ जनाभन्दा बढी भेला नहुने, भेला भएपनि स्वास्थ्यको मापदण्ड पूरा गराउनुपर्ने, मठमन्दिर तथा गुम्वामा पूजारीबाट मात्र नित्य पूजापाठ गर्न गराउन आग्रह गरी सकिएको प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला कोभिड व्यवस्थापन समितिका संयोजक ईश्वरीप्रसाद ढकालले जानकारी दिए ।

यही वैशाख ६ गते नेपाल सरकार मन्त्रिपरिषद् बैठकले गरेको निर्देशनात्मक विषय वस्तु तदारूक्ताका साथ कार्यान्वयन गराउन जिल्लामा कार्यरत सबै सुरक्षा अङ्गलगायत सरोकारवाला निकायलाई आग्रह गरिसकेको र रोगप्रति सजक रही मानवलाई सङ्क्रमणबाट जोगाउने कार्यमा सबै क्षेत्रको सहयोग अपरिहार्य भएको प्रजिअ ढकालले बताए ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ७ : ३५ बजे

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा