दुग्धजन्य पदार्थको आयतमा प्रतिबन्ध गर्न माग « Khabarhub

दुग्धजन्य पदार्थको आयतमा प्रतिबन्ध गर्न माग


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डेरी उद्योगले आयातित दूधमा प्रतिबन्ध लगाउन माग गरेका छन् । स्वदेशमा उत्पादित दूधको खपत बढाउन आयातित दूधमा प्रतिबन्ध गर्नुपर्ने उद्योगीको माग छ ।

कोरोना भाइरसको पहिलो र दोस्रो लहरका कारण किसानको दूध बिक्री हुन नसकी खेर जाने अवस्था आएको र दूधको खपत र बिक्री नहुँदा डेरी क्षेत्र नै धरायशी बन्दै गएकाले आयतमा तत्काल प्रतिबन्ध लगाउन डेरी उद्योग संघले अनुरोध गरेको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै स्वदेशमा उत्पादित दूग्धजन्य पदार्थको मौज्दातले आन्तरिक बजार धान्न सक्ने भएकाले तत्काल प्रतिबन्ध लगाए देशको उत्पादनलाई स्वदेशमै खपत गर्न माग गरेको हो ।

देशभर जारी निषेधाज्ञाका कारण दैनिक ७० प्रतिशतसम्म दूध तथा दुग्धजन्य पदार्थहरुको खपत नभएको संघले जनाएको छ ।

कोरोना कहरबाट थला परेको दुग्ध क्षेत्रलाई उकास्न नेपाल सरकार पशुपंक्षी विकास मन्त्रालय, अर्थ मन्त्रालय समक्ष संघले अनुरोध गरेको छ :

१. यो विषम परिस्थितिमा ज्यानको प्रवाह नगरी दूध जस्तो अत्यावश्यक वस्तुको सेवा प्रदान गर्ने देशभरकै दूध संकलन, प्रशोधन र बिक्री वितरणको अग्रभागमा काम गर्ने कर्मचारी व्यवस्थापक कोभिडविरुद्धको खोप पाउन नसकेकाले सहज रुपमा तत्काल खोप दिने व्यवस्था गर्ने ।

२.चालु पुंजीको अभावमा किसानको नियमित भुक्तानी, धुलो दूध कन्भरसन ज्याला र कर्मचारीको तलव दिनसमेत समस्या आएकोले डेरी उद्योगहरुमा भएको मौज्दातको आधारमा १० करोडसम्म सहुलियत कृषि कर्जा उपलब्ध गराउने ।

३. स्वदेशी दुग्धजन्य पदार्थको मौज्दातले आन्तरिक बजार धान्न सक्ने भएकोले तत्काल आयातित सम्पूर्ण दुग्धजन्य पदार्थहरु जस्तै धुलो दूध (स्कीम मिल्क पाउडर), होल मिल्क पाउडर, स्प्रेड मिल्क पाउडर, वटर, घिउ, बटर आयल, चीज, पनीर, दही, आइसक्रिम, फ्रोजन डेर्जट र दूधबाट बनेका मिठाई एवं परिकारहरु पूर्ण रुपमा प्रतिबन्ध लगाई देशको उत्पादनलाई स्वदेश मै खपत गर्न प्रोत्साहित गर्ने ।

४.कोभिड १९ को पहिलो तथा दोस्रो लहरमा किसानको बिक्री हुन नसकी खेर गएको दूधमा प्रति लिटर १० रुपैयाँ अनुदान दिने ।

डेरी उद्योगहरुले झोल दूधबाट धुलो दूध बनाउदा प्रति लि. १६ देखि २१ रुपैयाँसम्म नोक्सान व्यहोर्नु परिरहेकोले धुलो दूध बनाई मिल्क होलिडे समस्या अन्त गर्न ६ रुपैया अनुदान दिने व्यवस्था गर्ने ।

५. डेरी उद्योग तथा सहकारीहरुले प्रयोग गर्ने विद्युतमा ५० प्रतिशत अनुदान दिने व्यवस्था गर्ने ।

६. गत वर्षको विषम परिस्थितिमा छिमेकी देश चीन र अष्ट्रेलिया लगायतका देशहरुले स्वच्छ एवं प्रशोधित दूध तथा दुग्धजन्य पदार्थको सेवनबाट मानव सुस्वास्थ्य एवं रोग प्रतिरोधि क्षमता अभिवृद्धि हुने दर्शाइ कम्तीमा प्रति व्यक्ति दैनिक ३ सय मिलिलिटर दूध सेवन गर्न अभिप्रेरित गरेको र यी देशहरुमा हालको दोस्रो लहरमा जटिल समस्याहरु छैनन् ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  १ : ४३ बजे

गल्लीगल्लीका ‘ग्याङ फाइट’ ले लिँदै छ ज्यान, भिडियो खिच्नेबाट प्रहरी हैरान

काठमाडौँ – प्रसङ्ग हो– जेठ ९ गते कैलालीमा भएको ग्याङफाइट

लेबनानमा आक्रमण: बालबालिकासहित ३१ जनाको मृत्यु

बेरुत – इजरायलले दक्षिणी र पूर्वी लेबनानमा आक्रमण तीव्र बनाएको

आईपीएल : इलिमिनेटरमा राजस्थान र हैदरावाद भिड्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज इलिमिनेटर खेल

नेपाल प्रेस युनियनले आज ३५औँ स्थापना दिवस मनाउँदै, विधान महाधिवेशनको आयोजना

काठमाडौँ– लोकतन्त्रवादी पत्रकारहरूको साझा संगठन नेपाल प्रेस युनियनले आज देशभर

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक