सावधान ! आर्सेनिक बढी भएको पानी पिउँदा लाग्न सक्छन् यस्ता रोग « Khabarhub

सावधान ! आर्सेनिक बढी भएको पानी पिउँदा लाग्न सक्छन् यस्ता रोग


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आर्सेनिक कुनै नयाँ बस्तु होइन । परापूर्व कालदेखि नै विभिन्न कामको लागि प्रयोग गरिँदै आएको रासायनिक तत्व नै आर्सेनिक हो ।

यसलाई न आँखाले देख्न सकिन्छ न त यसको कुनै रंग, स्वाद वा गन्ध नै हुन्छ । त्यसैले पानीमा आर्सेनिक मिसिएको छ भने पनि हेरेर, सुँघेर वा चाखेर थाहा पाउन सकिँदैन ।

पानी, खाना वा अन्य माध्यमबाट शरीर भित्र धेरै मात्रामा आर्सेनिक गएमा भने यसले स्वास्थ्यमा प्रतिकूल असर गर्न सक्छ ।

आर्सेनिक प्राकृतिक रुपमा पानी तथा माटोमा पाइन्छ । विशेषगरी आग्नेय चट्टान र विभिन्न खनिज पदार्थहरुमा आर्सेनिक मिसिएर रहेको हुन्छ ।

हजारौं वर्षअघि आर्सेनिक मिसिएका चट्टानहरु हिमालय तथा अन्य अग्ला भू–भागहरुबाट पानीको माध्यमद्वारा खिइदै बालुका, गिट्टी, माटोसँग मिसिदै समथर भूभागमा जम्मा भएको भूगर्भविद्हरुको भनाइ छ ।

भारतको पश्चिम बंगाल, बंगलादेश, एवं नेपालको तराईका भागमा पनि यही प्रकृयाबाट आर्सेनिक बनेको बताइन्छ ।

त्यस्ता भू–भागको जमिन मुनिको पानीमा विभिन्न रसायनिक प्रक्रियाद्वारा आर्सेनिक मिसिन पुग्छ । त्यसकारण जमिनमुनीको पानीमा आर्सेनिक भेटिने गर्दछ ।

आर्सेनिकको प्रमुख स्रोत प्रकृतिक नै भए तापनि विभिन्न मानवीय क्रियाकलापहरुबाट पनि वातावरणमा आर्सेनिक प्रदूषण बढिरहेको हुन्छ ।

यस्तै रासायनिक मल, काठ रङ्याउने विभिन्न रङ्गहरु उत्पादन गर्दा, किटनाशक औषधि प्रयोग गर्दा वातावरणमा आर्सेनिक बढिरहेको हुन्छ ।

आर्सेनिक मिसिएको पानी र जिवाणुबाट प्रदुषित पानी पिउँदा स्वास्थ्यमा के असर पर्छ ?

– आर्सेनिक मिसिएको पानी पिउँदा यसले तत्कालै असर नगरे पनि लामो समयसम्म लगातार पिउँदा निको नहुने प्रकारका दीर्घ रोगहरु लाग्न सक्छ तर यसमा पनि मुख्यतः आर्सेनिकको मिसावट दरमा निकै भर पर्दछ ।

– जिवाणु अर्थात फोहोर मिसिएको पानी पिउँदा तुरुन्तै सरुवा रोगहरु तथा पानीजन्य रोगहरु जस्तै झाडापखाला, टाइफाइड जन्य रोगहरु लाग्न सक्छ । जसले मानिसको मृत्यु नै हुने जोखिम रहन्छ ।

– दूषित पानी पिउनुको सट्टा आर्सेनिकयुक्त पानी पिउँदा तुलनात्मक रुपमा स्वस्थ्यलाई कम असर पर्न सक्छ । यसकारण आफ्नो घरको वा नजिकको धारा तथा ट्युवेवेलको पानीमा आर्सेनिक मिसिएको छ भन्दैमा जिवाणुबाट दुषित अन्य पानीका स्रोतहरु खोला, पोखरीको पानी प्रायोग गर्नु हुँदैन ।

बच्ने उपाय

–आर्सेनिकको पहिलो चरणबाट ग्रसित बिरामीहरुले यो समस्याबाट बच्न आर्सेनिकरहित पानी पिउनु नै सबैभन्दा उत्तम उपाय हो ।

–आर्सेनिक मिसावट तथा दूषित नभएका तथा हुने कम सम्भावना भएका स्रोतहरु जस्तै आकासको पानी, मुल, डिप ट्युववेलको पानी प्रयोग गर्नु उपयुक्त हुन्छ ।

–यी नयाँ स्रोतहरु प्रयोग गर्दा पनि पानी उमालेर पिउँदा पानीबाट हुने विभिन्न रोगहरुबाट बच्न सकिन्छ ।

–स्थायी उपायको निम्ती आफ्नो गाउँ वरपरका सम्पूर्ण ट्युववेलहरुको परीक्षण गरी आर्सेनिक रहित ट्यूववेलको पानी पिउन तथा खाना पकाउन प्रयोग गर्न सकेमा आर्सेनिकबाट बच्न सकिन्छ ।

–भिटामिनहरु तथा पोषणयुक्त खाना खाएमा यसका लक्षणहरु हराउँदै जान सक्छन् । तर दोस्रो वा तेस्रो चरणमा पुगेका रोगहरुलाई भने पूर्ण रुपमा निको पार्न गाह्रो हुन्छ ।

–आर्सेनिकबाट प्रभावित व्यक्तिहरुले पोषणयुक्त खाना तथा नियमित रुपमा व्यायाम गर्ने, चुरोट, रक्सी जस्ता अम्मल पदार्थ नखाने स्वस्थ बानी अपनाउनुपर्छ ।

–आफूले प्रयोग गर्ने पानीको स्रोतमा आर्सेनिकको मात्रा जाँच गर्नुपर्छ ।

–आर्सेनिकोसिसको लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।

साभार : घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

 

 

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ५ : ३० बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको