मौसम बदली, आज यी क्षेत्रमा वर्षाको सम्भावना « Khabarhub

मौसम बदली, आज यी क्षेत्रमा वर्षाको सम्भावना


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीको असरले आज मुलुकभरको मौसममा बदली भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो मुलुकका सबै पहाडी भेगमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार सोमबार र मंगलबार पनि ठाउँठाउँमा वर्षाको सम्भावना छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

जेठ ९ गते (आईतबार)

दिउँसो: प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य  बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ । प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य  बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ । प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

जेठ १० गते (सोमबार)

दिउँसो:  पहाडी भूभागमा आंशिकदेखि सामान्य  बदली  साथै प्रदेश नं २ लगायत प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको तराईका भू-भागमा आंशिक बदली रहने छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति :  प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य  बदली रहनेछ । बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

जेठ ११ गते (मंगलबार)

दिउँसो: प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ । प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ७ : १० बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु