म्याग्दीका गाउँ-गाउँमा फैलियो कोरोना संक्रमण | Khabarhub Khabarhub

म्याग्दीका गाउँ-गाउँमा फैलियो कोरोना संक्रमण


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– देशभर कोरोना संक्रमितको संख्या बढी रहेको अवस्थामा हिमाली जिल्ला म्याग्दीका ग्रामीण क्षेत्रमा पनि संक्रमणको दर उच्च देखिएको छ । जिल्ला सदरमुकाम बेनीबजारसँग जोडिएका गाउँका साथै अन्य गाउँहरुमा पनि संक्रमण तीव्र गतिमा फैलिएको छ ।

बेनी नगरपालिकाको ज्यामरुककोट, रत्नेचौर, भकिम्ली, सिंगा, डम्मरा, पुलाचौर, मंगलाघाटका साथै ६ वटै स्थानीय तहमा कोरोनाको संक्रमण दर ह्वात्तै बढेको छ । म्याग्दीमा दैनिक १०० भन्दा बढी कोरोना सङ्क्रमित देखिन थालेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दीमा अहिले १ हजार ३०१ जना संक्रमित छन् । मालिका, मंगला, रघुगंगा, धौलागिरि र अन्नपूर्ण गाउँपालिकामा पनि संक्रमण बढ्दो रहेको स्थानीय तहका प्रमुखहरुले बताएका छन् । संक्रमितमध्ये प्रायमा लक्षण देखिएको रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

पछिल्लो एक महिनाको अवधिमा गाउँघरमा संक्रमणको दर तीव्र गतिमा फैलिएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । उनले गाउँमा बिरामीहरु बढिरहेको, समयमा परीक्षण नहुँदा, परीक्षण भएकाहरुको पनि रिपोर्ट समयमा नै नआउँदा सक्रमणको जोखिम झन् बढेको बताए ।

पछिल्लो साताको अवस्थालाई हेर्दा गाउँमा कोरोना संक्रमण डर लाग्दो हिसाबले फैलिएको बेनी अस्पतालका प्रमुख डा. जितेन्द्र कुँवरले बताए ।

गाउँगाउँमा संक्रमितहरु बढ्न थालेपछि स्थानीय जनप्रतिनिधिहरु चिकित्सकसहित गाउँगाउँमा पुग्न थालेका छन् । उनीहरुले स्वास्थ्य सामग्री, औषधि र संक्रमितहरुका लागि पोषिलो खानेकुरा समेत लिएर बिरामीहरुको घरदैलोमा पुगेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  १० : ०१ बजे

सरोकारवालाको छलफल : जेन-जी आन्दोलन अब कता ?

काठमाडौं– जेन-जी आन्दोलनपश्चात् देशमा पैदा भएको परिस्थितिको विषयमा व्यवसायी, जेन-जी

जब ठूलो पर्दामा आफूलाई देखेपछि टंकको अङ्गालोमा भक्कानिए अशोक !

काठमाडौं – बाल गायक अशोक दर्जीको जीवनीबाट प्रभावित कथामा गायक

मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक

इलाम– मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ

भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरूद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं– गत असोज २३ को मन्त्रिपरिषद बैठकबाट भूमि समस्या समाधान

राजुनाथ पाण्डे निलम्बनमै रहने, उच्चले खारेज गरिदियो रिट निवेदन 

काठमाडौं– उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका प्रहरी बल प्रमुख राजुनाथ