कमल थापाको प्रश्न : धारा ७६(५) ले सांसदलाई निर्दलीय बन्न छुट दिएको हो ? « Khabarhub

कमल थापाको प्रश्न : धारा ७६(५) ले सांसदलाई निर्दलीय बन्न छुट दिएको हो ?


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको धारा ७६ को उपधारा (५) ले दलीय अनुशासन तोड्ने अनुमति दिएको हो भन्दै प्रश्न गरेका छन् ।

थापाले सामाजिक सञ्जाल फेसबुकमा विद्वानहरू समक्ष सानो जिज्ञासा भन्दै संविधानको धारा ७६ (५) ले सांसदहरूलाई निर्दलीय बन्न छुट दिएको हो ? भनेर प्रश्न राखेका छन् ।

उनले यो मान्यतालाई स्वीकार गर्ने हो भने दल फुटाउने र सांसद किनबेच गर्ने काम वैधानिक हुने भन्दै चिन्ता व्यक्त गरेका छन् । थापाले क्षणिक स्वार्थलाई मात्र नहेर्न सबै दलका नेतालाई आग्रह पनि गरेका छन् ।

उनले लेखेका छन्, ‘विद्वानहरू समक्ष सानो जिज्ञासा: के संविधानको धारा ७६(५)ले सांसदहरूलाई निर्दलीय बन्न छुट दिएको हो ? दलीय अनुशासन विपरित जाने स्वतन्त्रता दिएको हो ? यदि यो मान्यता स्विकार गर्ने हो भने दल फुटाउने र सांसद किनबेच गर्ने काम वैधानिक हुन्छ । कुनै दल सुरक्षित रहन्न् । क्षणिक स्वार्थ मात्र नहेरौं।’

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ५ : ५० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना