यी हुन ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका ४५ जिल्ला (विवरणसहित) « Khabarhub

यी हुन ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका ४५ जिल्ला (विवरणसहित)


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका ६२ जिल्लामा कोरोना भाइरस संक्रमणको दर तीव्र देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ६२ जिल्ला ‘रेड जोन’मा छन् ।

जसमध्ये ४५ जिल्लामा पाँच सयभन्दा बढी र अन्य १७ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । प्रदेश २ को पर्सा, धनुषा, रौतहट, महोत्तरी, सप्तरी, सिराहा, र बारामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, रामेछाप र सिन्धुली पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी गण्डकी प्रदेशको कास्की, गोरखा, नवलपरासी पूर्व, तनहुँ र स्याङ्जा पनि पाँच सय भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही, अर्घाखाँची, नवलपरासी पश्चिम, गुल्मी र कपिलवस्तुमा पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै कर्णाली प्रदेशको सल्यान, सुर्खेत र दैलेख तथा सुदुरपश्चिम प्रदेशको डडेल्धुरा कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाम पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यी हुन् २०० बढी सक्रिय संक्रमित रहेका जिल्ला

मन्त्रालयका अनुसार प्रदेश १ को इलाम, ताप्लेजुङ, उदयपुर, धनकुटा, ओखलढुंगा, खोटाङ र संखुवासभा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश २ को सर्लाहीमा २ सय भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै बागमती प्रदेशको रसुवामा २ सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी गण्डकी प्रदेशको पर्वत, म्याग्दी र लमजुङ पनि २ सय बढी सक्रिय संक्रमित रहेका छन् । लुम्बिनी प्रदेशको रोल्पा दुई सय बढी संक्रमित रहेका छन्।

कर्णाली प्रदेशको जाजरकोट, कालिकोट र रुकुम पश्चिम तथा सुदूरपश्चिम प्रदेशको दार्चुलामा २ सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  १० : ४५ बजे

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ

किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङ– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले

नोबेल मेडिकल कलेज भवनको पाँचौ तलाबाट खसेर डाक्टरको मृत्यु

काठमाडौं – विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न