२ हजार २०५ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? « Khabarhub

२ हजार २०५ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २०५ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ७२१ कोरोना संक्रमितको आईसीयूमा र ४८४ को भेन्टिलेटरमा गरी कुल २ हजार २०५ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २५५ जना आईसीयूमा र ५८ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा १९७

आईसीयूमा र ५१ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ८६९ जना आईसीयूमा र ३०८ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ११४ जना आईसीयूमा र २७ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १५५ जना आईसीयूमा र २१ जना भेन्टिलेटरमा, कर्णालीमा ५९ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४२ जना आईसीयू र ११ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ९ : ४४ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ