उपेन्द्र यादव समूहको निर्णय अमान्य : महन्थ ठाकुर « Khabarhub

उपेन्द्र यादव समूहको निर्णय अमान्य : महन्थ ठाकुर


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले बोलाएको केन्द्रीय कार्यकारिणी बैठकले गर्ने निर्णय अमान्य हुने बताएको छ ।

अध्यक्ष ठाकुरले आइतबार एक विज्ञप्ति जारी गर्दै जेठ ८ र ९ गतेका लागि तय भएको जसपाको कार्यकारिणी समितिको बैठक कोरोना महामारीमा कारण स्थगित गरिएको, तर अर्को पक्षले राखेको बैठकले गरेका निर्णय अमान्य हुने बताएका हुन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको भनिएको बैठक र त्यस्तो कथित बैठकबाट गरिने सबै निर्णय अमान्य हुने व्यहोरा निर्वाचन आयोगलाई समेत जानकारी गराइएको छ ।’

पार्टीमा पछिल्लो पटक भएको सहमति विपरित प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउन साथ दिएको, पार्टीका नेताहरुलाई कारबाही गर्छौँ भनेर राष्ट्रपति कार्यालयमा पत्र पठाएको लगायतका गतिविधि गरेको भन्दै जसपाको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले चार नेतामाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

बहुमत केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष ठाकुरसँगै वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई विधान अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने बताइएको छ ।

जसपाको एकता कायमै रहेपनि दुई अध्यक्षबीचको मतभेदले पार्टी फुटको संघारमा पुगेको छ । दुवै पक्षले फरक फरक गतिविधि गर्ने तथा विचार राख्दै आएका छन् ।

ठाकुर–महतो ओली निकट छन् भने यादव–भट्टराई विपक्षी गठबन्धनलाई साथ दिएर हिँडिरहेका छन् ।

हेर्नुहोस् ठाकुरको विज्ञप्ति

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ६ : ५८ बजे

भोजपुर महिला फुटबलमा धरानलाई हराउँदै सङ्खुवासभा-११ फाइनलमा

टक्सार– जिल्ला सदरमुकाममा आयोजित मेयर कप महिला फुटबल प्रतियोगिताअन्तर्गत आज

अब वन क्षेत्रलाई असर गर्नेभए पनि आयोजना सञ्चालन गर्न पाइने

काठमाडौं– अब वन क्षेत्रलाई असर गर्ने भएपनि वन क्षेत्रमा योजना

हुलाकबाट १९ जिल्लामा राहदानीसहितका सरकारी कागजात घरमै पुर्‍याउन थालियो

काठमाडौं– सरकारले सार्वजनिक सेवालाई घरदैलोमै पुर्याउने उद्देश्यले हुलाक सेवामार्फत सरकारी

रक्षा मन्त्रालयको लक्ष्यअनुसार ८० प्रतिशतभन्दा बढी प्रगति

काठमाडौं– रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८० प्रतिशतभन्दा

अवैध लागूऔषधसहित कैलाली र चितवनबाट पाँच जना पक्राउ

काठमाडौं– कैलालीको बर्दगोरिया गाउँपालिका-१ बौनिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो