जसपाद्वारा नागरिकता सम्बन्धी अध्यादेशको स्वागत « Khabarhub

जसपाद्वारा नागरिकता सम्बन्धी अध्यादेशको स्वागत


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– जनता समाजवादी पार्टी (जसपा) नेपालले नागरिकता सम्बन्धी अध्यादेशको स्वागत गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी आइतवार दिउँसो अध्यादेश जारी गरेलगत्तै  जसपा अध्यक्ष महन्थ ठाकुरले आफ्नै पहलमा जारी भएको अध्यादेशको स्वागत गरेका हुन् । उनले विज्ञप्ति जारी गर्दै नागरिकताबाट वञ्चित लाखौँ नागरिकले अब नागरिकता पाउने भन्दै खुसी प्रकट गरेका छन् ।

विज्ञप्तिमा उल्लेख छ, ‘लाखौँ-लाखको संख्यामा रहेका नेपाली नागरिक आमाका सन्तान र जन्मसिद्ध नेपाली नागरिकका सन्तान जसलाई अध्यावधि नेपाली नागरिकताबाट बन्चित राखिएको थियो, वर्षों प्रतिक्षा पछि, जसपाको निरन्तर संघर्ष र प्रयासपछि नागरिकता प्राप्त गर्ने अवसर प्राप्त भएको छ ।’

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ७ : २६ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ