हङकङकी साङ यीले राखिन् छिटो सगरमाथा चढ्ने महिला आरोहीको कीर्तिमान « Khabarhub

हङकङकी साङ यीले राखिन् छिटो सगरमाथा चढ्ने महिला आरोहीको कीर्तिमान


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हङकङकी आरोही साङ यी हङले सर्वोच्च शिखर सगरमाथाको सबैभन्दा छिटो आरोहण गर्ने महिला आरोहीको कीर्तिमान बनाएकी छन् । उनी शनिबार दिउँसो १ बजेर २० मिनेटमा सगरमाथाको आधार शिविरबाट उकालो लागेकी थिइन् ।

उनी आइतबार दिउँसो ३ बजेर १० मिनेटमा चुचुरो पुगेको खबर आएको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । यसअनुसार उनले २५ घण्टा ५० मिनेटमा चुचुरो चुम्न सफल भएकी छन् ।

यसअघि नेपालकी आरोही फुन्जो झ्याङ्मु लामाको नाममा छिटो आरोहणको कीर्तिमान रहेको थियो । उनले १५ मे २०१८ मा ३९ घण्टा ६ मिनेटमा सगरमाथा चढेर छिटो चढ्ने कीर्तिमान राखेकी थिइन् ।

पुरुषतर्फको कीर्तिमान भने पेम्बा दोर्जे शेर्पाको नाममा छ । उनले सन् २००४ मा राखेको ८ घण्टा १० मिनेटको रेकर्ड त्यसयता कसैले पनि तोड्न सकेका छैनन् ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ९ : ३० बजे

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार