अवैध सम्बन्ध खुल्ने डरले दुई बालकको हत्या, युवक पक्राउ « Khabarhub

अवैध सम्बन्ध खुल्ने डरले दुई बालकको हत्या, युवक पक्राउ


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– बारामा प्रहरीले दुई बालकको हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

दुईजना बालकको हत्या आरोपमा प्रहरीले फरमुल्लाह अन्सारीलाई पक्राउ गरेको हो ।

कलैया उपमहानगरपालिका रंगपुरमा जेठ ३ गते राति अब्दुल गफार अन्सारीका ९ वर्षीय छोरा अमान अन्सरी र सात वर्षीय उसमान अन्सारीको हत्या भएको थियो ।

प्रहरीले अभियुक्तको घरबाट चक्कु र रगत लागेको पेटी बरामद गरेको छ ।

उनीविरुद्ध मुद्दा दर्ता गरेर थप अनुसन्धान सुरु गरेको बाराका प्रहरी नायाव उपरीक्षक (डीएसपी) गौतम मिश्रले बताए ।

बालकहरु हराएको भोलिपल्ट कलैया उपमहानरपालिका ११ स्थित मदर्शा सलफिया कन्जलुमको निर्माणाधीन भवनको कोठामा शव फेला परेको थियो ।

धारिलो हतियार प्रयोग गरी हत्या गरेको पाइएपछि तालिमप्राप्त कुकुरसहितको विशेषज्ञ प्रहरी टोलीले घटनास्थलको सूक्ष्म अवलोकन गरी अभियुत्तलाई पत्ता लगाएको प्रहरीले जनाएको छ ।

अब्दुल गफार अन्सारीको श्रीमतीसँग फरमुल्लाहको अवैध सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मृतक बालकका बुवा अब्दुल गफार विगत ३ वर्षदेखि वैदेशिक रोजगारीमा छन् ।

केही समय यता अभियुक्त र मृतक बालकको आमाबीच प्रेम सम्बन्ध बनेको थियो । आफ्नी आमा र अभियुक्तबीचको सम्बन्धको विषयमा मृतक बच्चाहरूलाई थाहा भएको र यही सम्बन्ध ढाकछोप गर्न हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

अभियुक्त फरमुल्लाहले पनि मृतक बालककी आमासँगको सम्बन्ध खुल्ने डरले हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ७ : ३९ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि