पत्रकारका समस्या सम्बोधन गर्न सरकार सकारात्मक : मन्त्री गुरुङ | Khabarhub Khabarhub

पत्रकारका समस्या सम्बोधन गर्न सरकार सकारात्मक : मन्त्री गुरुङ


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारका समस्याप्रति जानकार रहेको बताउँदै नेपाल पत्रकार महासङ्घले अघि सारेका विषयलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् ।

महासङ्घको प्रतिष्ठान प्रदेश कमिटीका प्रतिनिधिमण्डलले आज सिंहदरबारमा पत्रकारको निःशुल्क कोरोना उपचारको व्यवस्था मिलाउनलगायतका माग प्रस्तुत गरेपछि सञ्चारमन्त्री गुरुङले सरकारले पत्रकारलाई यसअघि पनि खोप प्रदानमा उच्च प्राथमिकता दिएको बताउँदै छुटेका पत्रकारलाई पनि प्राथमिकतामा राखेर खोपको व्यवस्था मिलाउने बताए ।

प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले कोरोना भाइरसको खोप लगाउन छुटेका ६०० पत्रकारलाई खोपको व्यवस्था मिलाउन र सङ्क्रमित पत्रकारको निःशुल्क उपचारको व्यवस्था मिलाउन तथा सञ्चार क्षेत्रलाई राहत प्याकेज दिन माग गरेका थिए ।

प्रतिष्ठान प्रदेशले कोरोनाबाट ज्यान गुमाएका च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्की र रेडियो नेपालका सदस्य कृष्णप्रसाद ओझाका परिवारलाई सहयोग गर्नसमेत आग्रह गरेको छ ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ८ : ३० बजे

सरोकारवालाको छलफल : जेन-जी आन्दोलन अब कता ?

काठमाडौं– जेन-जी आन्दोलनपश्चात् देशमा पैदा भएको परिस्थितिको विषयमा व्यवसायी, जेन-जी

जब ठूलो पर्दामा आफूलाई देखेपछि टंकको अङ्गालोमा भक्कानिए अशोक !

काठमाडौं – बाल गायक अशोक दर्जीको जीवनीबाट प्रभावित कथामा गायक

मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक

इलाम– मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ

भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरूद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं– गत असोज २३ को मन्त्रिपरिषद बैठकबाट भूमि समस्या समाधान