काठ तस्करी गर्ने दुई जना पक्राउ « Khabarhub

काठ तस्करी गर्ने दुई जना पक्राउ


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– निषेधाज्ञाको मौका छोपी अवैधरुपमा वन फडानी गरी काठ ओसार पसार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ५ बालापुर वनबाट अवैध रुपमा सालको काठ कटानी गरी रातिको समयमा बलेरो जिपमा ल्याउँदै गर्दा प्रहरीले दुई जनाई पक्राउ गरेको हो ।

लु १ च ८२१३ नम्बरको को बोलेरोमा ३६ क्यूफिट सालको काठ ओसारपसार गर्ने क्रममा दिनेश थारु र विष्णु थापालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दिवाकर रिजालले बताए ।

वनबाट आइतवार बिहान करिब साढे ३ बजे काठ ओसार पोसार गर्दै गरेको अवस्थामा ती युवालाई पक्राउ गरेको उनले बताए । प्रहरी निरीक्षक रिजालका अनुसार काठ ओसारपसार भैरहेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

सोही बलेरो जीप र दुबै जनालाई आवश्यक कारबाहीका लागि सव डिभिजन वन कार्यालय लगिएको प्रहरीले बताएको छ ।

यता मर्चवारी गाउँपालिकाको पिप्रवहवाबाट ल्याईएको ६३ गोलिया सिसौंको काठ प्रहरीले बरामद गरेको छ । लु ३ प ८६९४ नम्बरको ट्याक्टरमा शिसौको गोलिया लोड गरी सिद्धार्थनगर नगरपालिका वडा नं. ४ मा अनलोड गर्ने क्रममा प्रहरीले फेला पारेको थियो ।

रातिको समयमा ल्याइएको काठ चेकजाँच गर्ने क्रममा कुनै कागजात फेला नपारेपछि प्रहरीले शिद्धार्थनगर नगरपालिका वडा नं. ११ बस्ने रसुल मियाँ र कोटहीमाई गाउँपालिका वडा नं. ६ का जितेन्द्र यादबलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ८ : १५ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट