कर्णालीमा थप १० कोरोना सङ्क्रमितको मृत्यु « Khabarhub

कर्णालीमा थप १० कोरोना सङ्क्रमितको मृत्यु


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणबाट कर्णाली प्रदेशमा आज १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार वैशाख १० गतेदेखि जेठ ९ गतेसम्म १६९ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेमा सुर्खेतका चार, सल्यानका तीन र जुम्ला, डोल्पा र दैलेखका एक/एक गरी १० जनाको मृत्यु भएको निर्देशनालयका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए ।

“कोरोना सङ्क्रमणबाट सुर्खेतमा सबैभन्दा बढी मानवीय क्षति भएको छ”, निर्देशक खड्काले भने, “आजसम्मको तथ्याङ्कअनुसार सुर्खेतमा १२२, सल्यानमा ३५, रुकुमपश्चिममा २०, दैलेखमा १७, डोल्पामा पाँच, कालीकोटमा तीन, जुम्ला र जाजरकोटमा दुई/दुई र अन्य चार व्यक्तिको मृत्यु कोरोना सङ्क्रमणबाट भएको छ ।” उनका अनुसार मृतकको सङ्ख्यामा कमि आउन सकेको छैन ।

आज कर्णालीमा ५१० व्यक्ति कोरोना निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा २४९ जनाको आरटी पीसीआर परीक्षणमा ११९ र एन्टिजेन ७११ जनाको परीक्षण गरिएकोमा १६० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

निर्देशनालयका अनुसार आज दुई २९९ सङ्क्रमित थपिएसँगै छ हजार ४०६ जना आइसोलेशनमा रहेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ८ : ०९ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ