महोत्तरीमा जारी निषेधाज्ञा १० दिन थप | Khabarhub Khabarhub

महोत्तरीमा जारी निषेधाज्ञा १० दिन थप


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कोरोना भाइरसको रोक थाम तथा नियन्त्रणका लागि महोत्तरीमा जारी जारी निषेधाज्ञा १० दिन थप गरिएको छ ।

आइतबार जिल्ला विपद व्यवस्थापन समितिको बैठकले थप दश दिन निषेधाज्ञा बढाउने निर्णय गरेको हो । बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप गरेको हो ।  जिल्लामा बैशाख २२ गतेदेखि निषेधाज्ञा  जारी छ ।

प्रदेश २ का जिल्लाहरु हटस्पट बन्न थालेपछि सबै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा कडा बनाउन मातहतको सबै कार्यालयलाई पत्राचार गरिएको छ ।

निषेधाज्ञामा अतिआवश्यक बाहेक सेवामा समेत रोक लगाइएको छ । स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी, तरकारी, र नेपाल राष्ट्र बैंकको अनुसार वित्तीय संस्था मात्र खोल्न आदेश दिइएको हो ।

विहान ६ बजेदेखि ९ बजेसम्म औषधी व्यवसाय, पेट्रोल, फलफूल, ग्यास पसल र दुध डेरी खोल्न पाइने विज्ञप्तिमा जनाइएको छ ।  यता, धनुषामा पनि आइतबार राति १२ बजेदेखि निषेधाज्ञा सकिएको छ । तर, निषेधाज्ञा थप भएको छैन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले सोमबार विपद व्यवस्थापन समितिको बैठक बसेर निर्णय हुने जानकारी दिए ।

पछिल्लो समय धनुषामा पनि कोरोनाको ग्राफ उकालो लाग्न थालेको छ ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ८ : १३ बजे

सरोकारवालाको छलफल : जेन-जी आन्दोलन अब कता ?

काठमाडौं– जेन-जी आन्दोलनपश्चात् देशमा पैदा भएको परिस्थितिको विषयमा व्यवसायी, जेन-जी

जब ठूलो पर्दामा आफूलाई देखेपछि टंकको अङ्गालोमा भक्कानिए अशोक !

काठमाडौं – बाल गायक अशोक दर्जीको जीवनीबाट प्रभावित कथामा गायक

मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक

इलाम– मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ

भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरूद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं– गत असोज २३ को मन्त्रिपरिषद बैठकबाट भूमि समस्या समाधान