एमालेका १४ प्रदेशसभा सदस्यले बुझाए स्पष्टीकरण « Khabarhub

एमालेका १४ प्रदेशसभा सदस्यले बुझाए स्पष्टीकरण


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय बोर्डले स्पष्टीकरण सोधेका प्रदेशसभा सदस्यले स्पष्टीकरण बुझाएका छन् ।

स्पष्टीकरण सोधिएका सबै प्रदेशसभा सदस्यले एकमुष्टरुपमा स्पष्टीकरण बुझाएको एमाले वाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।

बोर्डले नेत्री अष्टलक्ष्मी शाक्यसहित माधवकुमार नेपाल पक्षका मानिने १४ प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण माग गरेको थियो । प्राप्त स्पष्टीकरणको अध्ययन गर्ने र चित्तबुझ्दो नभए पार्टी विधानानुसार कारवाही गरिने मुख्य सचेतक निरौलाले बताए ।

“उहाँहरुलाई कारवाही गर्ने सम्पूर्ण अधिकार बोर्डले बोर्ड अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेललाई दिएको छ”, उनले भने ।

बोर्डको शनिबारको बैठकले शाक्यसहित राजेन्द्रप्रसाद पाण्डे, अरुणप्रसाद नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, मुनु सिग्देल, वसुन्धरा हुमागाईँ, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, पार्वती सिलवाल र मीना ज्ञवालीलाई स्पष्टीकरण माग गरेको थियो ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  १० : ०३ बजे

देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं– आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल,

पहिरो पन्छाउन तीन ठाँउमा उपकरण

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर,

‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग

नयाँदिल्ली– भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै

असन्तुष्ट छरिएपछि ओलीलाई भेट्दै शीर्ष नेताहरू

काठमाडौं- नेकपा र एमालेबीच सातै प्रदेशमा सत्ता सहकार्य भएको विषय