नागरिकता अध्यादेश प्रमाणीकरण भएपछि मधेशका प्रमुख शहरमा दीपावली « Khabarhub

नागरिकता अध्यादेश प्रमाणीकरण भएपछि मधेशका प्रमुख शहरमा दीपावली


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नागरिकता सम्बन्धी अध्यादेश प्रमाणीकरण भएको खुशीयालीमा मधेशका प्रमुख शहरहरूमा दिपावली गरिएको छ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिक अध्यादेश (पहिलो संशोधन) २०७८ प्रमाणीकरण गरेकोले लाखौं नागरिकताविहीन नेपाली युवाको कल्याण हुने भन्दै मधेशमा दीपावली गरिएको हो ।

प्रदेश २ को राजधानी जनकपुर, राजबिराज, लहान र गौर लगायतका शहरहरूमा  आइतबार साँझ दिपावली गरिएको हो। त्यस्तै न्यायपूर्ण नागरिकता कानूनको पक्षमा लबिङ गर्दै आएका निवर्तमान शहरी विकास मन्त्री एवम् नेता प्रभु साहको निर्वाचन क्षेत्रको विभिन्न ठाउँमा पनि उत्सवको रूपमै दिपावली गरिएको छ ।

नेता साहको निर्वाचन क्षेत्र रौतहट–३ को कटहरीया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, देवाही गोनाही नगरपालिका, मौलापुर नगरपालिकाको वडा वडामा दीपावली गरिएको हो ।

यस बाहेक रौतहट सदरमुकाम गौर, राजदेवी, बौधीमाईलगायतका स्थानहरूमा दीपावली गरिएको हो ।

यस्तै नागरिक समाजका अगुवाहरुले जनकपुर, राजविराज, लहानमा पनि मैनवत्ती प्रज्वलन गरी दिपावली गरेका छन् ।

जनकपुरमा सिताराम यादव र लहानमा नागेन्द्र यादवको नेतृत्वमा समाजका अगुवाहरुले दिपावली गरेका छन् भने सप्तरीमा राष्ट्रिय एकता अभियानका केन्द्रीय उपाध्यक्ष सुनिता साहको अगुवाईमा दिपावली गरिएको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र निवर्तमान मन्त्री प्रभु साहले निरन्तर नागरिकताको समस्या समाधान गर्नका लागि संघर्ष गरेर विजय हासिल गरी जनतालाई खुशी बनाएकोमा दीपावली गरेको स्थानीयले बताएका छन् ।

नेपाल नागरिकता अध्यादेश प्रमाणीकरण भएसँगै अब ‘जन्मसिद्ध’ नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानले वंशजका आधारमा नागरिकता लिन पाउनेछन् भने बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिइने छ ।

अध्यादेशसँगै अब विदेशी बुहारीले पनि नागरिकता लिन ७ वर्ष कुर्नु नपर्ने भएको छ । गत असार ७ गते नागरिकता विधेयकबारे तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले गरेको निर्णयको ठाडो विरोधमा नेकपाकै नेता प्रभु साह उभिएपछि सो विधेयक रोकिएको थियो।

समाजवादी जनता पार्टीले पनि सरकारसँग वार्ताहरूमा सो विषय निरन्तर उठाउँदै आइरहेको थियो।

सरकार र जसपाबीच वार्ता सकारात्मक रूपमा बढेपछी आज सरकारले अध्यादेशमार्फत मधेशको सरोकार सम्बोधन हुने गरी नागरिकता सम्बन्धी कानून लागू गरेको हो। यस कानूनले करीब साढे ५ लाख वन्चित युवाले नागरिकता प्राप्त मधेशवादी नेतारुले दाबी गरेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  १० : ३१ बजे

देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं– आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल,

पहिरो पन्छाउन तीन ठाँउमा उपकरण

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर,

‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग

नयाँदिल्ली– भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै

असन्तुष्ट छरिएपछि ओलीलाई भेट्दै शीर्ष नेताहरू

काठमाडौं- नेकपा र एमालेबीच सातै प्रदेशमा सत्ता सहकार्य भएको विषय