दक्षिणकालीमा भेटियो महिलाको शव हत्या गरेर छाडेको प्रहरीको निष्कर्ष « Khabarhub

दक्षिणकालीमा भेटियो महिलाको शव हत्या गरेर छाडेको प्रहरीको निष्कर्ष


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दक्षिणकाली मन्दिरस्थित शौचालयमा भेटिएको महिलाको शव हत्य गरेर छाडेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्र कुवेर खापुङका अनुसार महिलाको हत्या पछि शव शौचालयमा छाडिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

एसएसपी खापुङ् भन्छन्, ‘घटनास्थलमा सँगैको रुखको हाँगामा महिलाको मास्क भेटिएको छ । मङ्गलबार अर्धनग्न अवस्थामा फेला परेको शवसँगै उनले लगाएको चप्पल भेटिएको छ । अहिले सम्म शवको पहिचान भएको छैन, तर हत्या पछि शव छाडिएको हाम्रो प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अनुहार चिन्न नसक्ने गरी लागेको चोटका कारण शव पहिचानमा समस्या भएको एसएसपी खापुङले बताए । मंगलबार शौचालयमा महिलाको शव भेटिएको थियो ।

अहिले शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । यस सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  १० : ३० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन