जातकै कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा « Khabarhub

जातकै कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चारकर्मी रुपा सुनारलाई जातकै कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी थुनामुक्त भएकी छन् ।

रुपाले दलित भएकै कारण कोठा नदिइको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि काठमाडौँ बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई महानगरीय प्रहरी बृतले गत असार ६ गते पक्राउ गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले उनीविरुद्धको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । यसअघि प्रहरीले प्रधान थरकी ती घरबेटीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।

प्रहरीले सरकारी वकिलको कार्यालयलाई अनुसन्धान फाइल बुझाएको थियो । सरकारी वकिलको कार्यालयले घरबेटीविरूद्ध प्रमाण नपुगेको भन्दै मुद्दा फिर्ता गरेको हो ।

पक्राउ परेकी घरबेटी प्रधानलाई छुटाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ आफैँ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए । यस्तै, घरधनी रिहाइको माग गर्दै बबरमहलस्थित सरकारी वकिलको कार्यालय अगाडि प्रदर्शन पनि गरिएको थियो ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  २ : १२ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन