चोटपटक छिट्टो निको नहुने ७ कारण « Khabarhub

चोटपटक छिट्टो निको नहुने ७ कारण


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यता कुनै घाउ वा चोटपटक लागे यो आफैं निको हुन्छ । तर कतिपय अवस्थामा हाम्रो शरीरले यस्ता घाउ वा चोटपटक निको पार्न सक्दैन । घाउ भएको लामो समयसम्म पनि खाटा नबसे वा निको हुने लक्षण नदेखिएमा अस्पताल जानु पर्दछ ।

किन आफैं निको हुदैँन घाउँ ? यी हुन् कारण :
१. बाहिरी संक्रमण
छालाले शरीरलाई हानिकारक ब्याक्टेरियाविरुद्ध प्रतिरक्षा गर्दछ । तर जब छालामा नै घाउ हुन्छ वा छाला फाट्छ त्यही ठाउँबाट शरीरमा प्रवेश गरेका हानिकारक ब्याक्टेरियाका कारण घाउ निरन्तर रातो भइरहन्छ, सुन्निन्छ । संक्रमण भएको घाउ चाँडै निको नहुन सक्छ ।

२. भोजन
घाउ निको हुनु नहुनुमा अर्को कारण हो, भोजन । खानेकुराले पनि घाउ निको पार्न मद्दत गर्दछ । फलफूल र हरिया सागसब्जी खाएमा भिटामिन तथा खनिजले शरीर स्वस्थ्य राख्ने मात्र होइन, घाउ पनि छिट्टै निको पार्दछ । यसकालागी पोषणयुक्त भोजन गर्न आवश्यक छ ।

३. मधुमेह
सुगर अर्थात मधुमेहका बिरामीको शरीरमा ब्लड सुगरको मात्रा धेरै हुने भएकाले यस्ता घाउ वा चोटपटक चाँडै निको हुँदैन । बरु उल्टै संक्रमणको जोखिम हुन्छ । त्यसैले खुट्टा वा पैतालाको घाउ निको हुन ढिलो भइरहेको छ भने यो मधुमेहका कारणले पनि हुनसक्छ ।

४. सेवन गर्ने औषधि
घाउ चोट निको नहुनमा हामीले सेवन गर्ने औषधि पनि कारक हुनसक्छ । केमोथेरापी र रेडिएसनका औषधिमा हुने रासायनिक पदार्थले शरीरको रोगप्रतिरोध क्षमतामा नकारात्मक प्रभाव पार्दछ । यस्तै एन्टिबायोटिक औषधिले शरीरका फाइदाजनक ब्याक्टेरिया मार्छ । साथै दुखाइ कम गर्ने औषधिले शरीरको रोग प्रतिरोध प्रणालीको घाउ निको पार्ने प्रक्रियामा अवरोध उत्पन्न गर्छ ।

५. रक्तसञ्चारमा अवरोध
घाउ निको पार्न राता रक्तकणको भुमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । राता रक्तकणले नयाँ कोष घाउ भएका ठाउँमा ओसार्छन्, जसबाट शरीरले कोलाजिनको सहायताले नयाँ छाला निर्माण गर्छ । तर रक्त सञ्चारमा नै अवरोध आएमा घाउ निको हुन ढिलो हुन्छ ।

६. मदिराको सेवन
मद्यपानले पनि घाउ छिटो निको हुन नदिन सक्छ । अल्कोहलका कारण घाउ चोटपटक वा अन्य रोगमा पनि धेरै संक्रमण हुन सक्छ । शल्यक्रिया गरिएका घाउ निको हुन मद्यपानले अवरोध गर्छ । अत्यधिक मद्यपानले सेता रक्तकण नष्ट गर्ने एक अध्ययनले बताएको थियो ।

७. नशामा हुने घाउ
खुट्टामा भएको घाउ निको हुन धेरै समय लागेको भए यो नशामा माथि भएको घाउ हुनसक्छ । खुट्टाबाट मुटुसम्म पुग्नुपर्ने रगत, रक्तसञ्चार हुन नसक्दा र वरिपरिको छाला रगतको दबाबले कमजोर हुदाँ घाउ हुनुका साथै निको नहुने पनि हुनसक्छ ।

यदि घाउ निको भइरहेको छैन भने यसकालागि केही विषेश हेरविचार गर्नुपर्ने हुन्छ :

१. घाउ वरिपरिको भागलाई मज्जाले साबुन पानीले धुने ।
२. खाटा बस्न नदिन घाउलाई हलुका आर्द्रता राख्ने ।
३. घाउँमा पेट्रोलियम जेली उपयोग गर्ने ।
४. दैनिक घाउ सफा गर्ने र पट्टी फेरीरहने ।
५. डाक्टरले दिएका सुझाव पालना गर्ने ।

कुनै घाउ वा चोटपटक पूर्ण रुपमा निको हुन ३ सातासम्म लाग्न सक्छ । तर त्यतिमा पनि निको नभए वा घाउको अवस्था हेरी तुरुन्तै वा त्यसपछि डाक्टरकहाँ जानु उचित हुन्छ । एक महिनासम्म पनि कुनै सामान्य घाउ निको नभए तुरुन्त डाक्टरकहाँ जानु पर्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ३ : ३० बजे

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र