२८ हजारमा ३६० सिटर विमानको एक्लो यात्रु « Khabarhub

२८ हजारमा ३६० सिटर विमानको एक्लो यात्रु


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई (जीन्यूज)– कैयौं पटक हाम्रो जीवनमा एकै साथ अचानक यस्तो घटना भइदिन्छ जसले हामीलाई आश्चर्यचकित मात्र पार्दैन, रोमाञ्चित पनि बनाउँछ । यस्तै हाल भारत मुम्बईका एक व्यक्तिले भोगेका छन् ।

गत १९ मे मा एमिरेट्स् फ्लाइटको ३६० सिटर बोइंग विमान दुबई तर्फ उड्यो । त्यसमा मुम्बईका एक व्यक्ति विशेष परिस्थितिका कारण एक्लै दुबईको उडान भरेका छन् । एक्लै उडान भर्ने ४० वर्षीय भावेश जावेरी उक्त उडानकालागि केवल १८ हजार भारु (२८ हजार ७ सय ६० भारु) मात्र तिरे ।

स्टारजेम्स ग्रुपका सीईओ भावेश जावेरीका अनुसार, उनी जसै विमान भित्र कदम राख्न पुगे । त्यहाका एयरहोस्टेजले उनलाई तालीद्धारा स्वागत गरेका थिए । भावेश पछिल्लो २ दशकदेखि कामका शिलशिलामा मुम्बई र दुबईको करीब २४० पटक भन्दा बढि उडान भरीसकेका छन् ।

साढे दुइ घण्टाको यात्रामा एक्लै यात्रा गर्ने भावेशसंग फ्लाइटका कमाण्डरले समेत स्वागत गरेका थिए । यतिमात्र होइन, ककपिटबाट कण्माडर आएर उनीसंग कुरा गरे प्लेन भित्र डुलाएका थिए ।

मुम्बई र दुबईबीचको उडान भर्ने एमिरेट्सको यो फ्लाइटको एक पटकको उडान खर्च करीब ७० लाख भारु रुपैयाँ रहेको छ । यतिमात्र होइन, केवल एकतर्फको इन्धन खर्च मात्र करीब ८ लाख भारु पर्न जान्छ । तर भावेश जावेरीलाई एक्लै विमानको यात्रा गराउनुमा भने उनीसंग भएको गोल्डेन भिजा र पटक पटकको यात्रा रहेको थियो ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  २ : ५३ बजे

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री

राम्रो खेल्न सक्ने नेपाली फुटबल खेलाडी थोरै छन् : मुख्य प्रशिक्षक एरिना

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिइल्मो एरिनाले