२८ हजारमा ३६० सिटर विमानको एक्लो यात्रु « Khabarhub

२८ हजारमा ३६० सिटर विमानको एक्लो यात्रु


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई (जीन्यूज)– कैयौं पटक हाम्रो जीवनमा एकै साथ अचानक यस्तो घटना भइदिन्छ जसले हामीलाई आश्चर्यचकित मात्र पार्दैन, रोमाञ्चित पनि बनाउँछ । यस्तै हाल भारत मुम्बईका एक व्यक्तिले भोगेका छन् ।

गत १९ मे मा एमिरेट्स् फ्लाइटको ३६० सिटर बोइंग विमान दुबई तर्फ उड्यो । त्यसमा मुम्बईका एक व्यक्ति विशेष परिस्थितिका कारण एक्लै दुबईको उडान भरेका छन् । एक्लै उडान भर्ने ४० वर्षीय भावेश जावेरी उक्त उडानकालागि केवल १८ हजार भारु (२८ हजार ७ सय ६० भारु) मात्र तिरे ।

स्टारजेम्स ग्रुपका सीईओ भावेश जावेरीका अनुसार, उनी जसै विमान भित्र कदम राख्न पुगे । त्यहाका एयरहोस्टेजले उनलाई तालीद्धारा स्वागत गरेका थिए । भावेश पछिल्लो २ दशकदेखि कामका शिलशिलामा मुम्बई र दुबईको करीब २४० पटक भन्दा बढि उडान भरीसकेका छन् ।

साढे दुइ घण्टाको यात्रामा एक्लै यात्रा गर्ने भावेशसंग फ्लाइटका कमाण्डरले समेत स्वागत गरेका थिए । यतिमात्र होइन, ककपिटबाट कण्माडर आएर उनीसंग कुरा गरे प्लेन भित्र डुलाएका थिए ।

मुम्बई र दुबईबीचको उडान भर्ने एमिरेट्सको यो फ्लाइटको एक पटकको उडान खर्च करीब ७० लाख भारु रुपैयाँ रहेको छ । यतिमात्र होइन, केवल एकतर्फको इन्धन खर्च मात्र करीब ८ लाख भारु पर्न जान्छ । तर भावेश जावेरीलाई एक्लै विमानको यात्रा गराउनुमा भने उनीसंग भएको गोल्डेन भिजा र पटक पटकको यात्रा रहेको थियो ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  २ : ५३ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल