संकटमा जोगिने चाणक्य नीतिको सुझाव « Khabarhub

संकटमा जोगिने चाणक्य नीतिको सुझाव


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैयौं पटक समस्यामा परेका साथीलाई हामी सहजै सल्लाह दिन्छौ । तर जब हामी आफैँ समस्यामा पर्छौ त्यसबेलामा भने हामी विवेक प्रयोग गरी सही फैसला लिन सक्दैनौं । यस्तो स्थितीमा आचार्य चाणक्यद्धारा मनुष्य कल्याणमा भनिएका कुराहरु उपयोगी हुन सक्छ ।

चाणक्यले आफ्नो नीति शास्त्रमा कैयौं यस्ता नीति बताउका छन् जसलाई अपनाएर व्यक्ति सफलता प्राप्त गर्न सक्छ । चाणक्यले अप्ठेरा परिस्थीतीमा कसरी विवेकले काम गर्दैन र यस्तोमा के गर्ने भनेर चर्चा गरेका छन् ।

चाणक्य नीति शास्त्रमा आचार्य चाणक्यले पाँचौं अध्यायको तेस्रो श्लोकमा भनेका छन् :

तावद् भयेषु भेतव्यं यावद् भयमनागतम् ।
आगतं तु भयं दृष्ट्वा प्रहर्तव्यमशङ्कया ।।

अर्थात – कुनै पनि दुख, समस्या वा आपतको समयमा केवल त्यसबेला सम्म डराउनु पर्दछ जबसम्म त्यो हामीबाट टाढा रहन्छ । तर जब संकट वा समस्या जीवनमा आइपर्छ त्यस समयमा निडर भई बिना कुनै शंका त्यसमाथि प्रहार गरी ति समस्याको सामना गर्नु पर्दछ । समस्या वा संकटबाट छुटकारा पाउने यो मात्र एक बाटो हो । यस्तो गर्ने मानिस मात्र बुद्धिमान मानिन्छ ।

यस अलावा चाणक्य नीतिको पहिलो अध्यायको सातौं श्लोकमा आचार्य चाणक्यले भनेका छन् :
आपदर्थे धनं रक्षेच्छ्रीमतां कुत आपदः ।
कदाचिच्चलिता लक्ष्मीः सञ्चितोऽपि विनश्यति ।।

अर्थात – व्यक्तिको भविष्यमा आउने कुनै संकट वा समस्यासंग जुध्न धनको सञ्चय गर्न आवश्यक छ । धनको सञ्चय यस कारण किनभने धन अर्थात देवी लक्ष्मीको स्वभाव चञ्चल हुने भएकाले हरेक समयमा यो एकै स्थान अडि नरहन सक्छ । साथै कुनै यस्तो समय पनि आउन सक्छ जुन बेला जम्मा गरीएको धन नष्ट हुनसक्छ । त्यसैले यस्तो अवस्था आउनु अघि नै धनको बचत गर्न जरुरी छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ३ : ०४ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका