सर्लाहीमा इट्टा उद्योगले बनाएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु « Khabarhub

सर्लाहीमा इट्टा उद्योगले बनाएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सदरमुकाम मलंगवा नगरपालिका – ११ गम्हरियामा इटाभट्टाले बनाएको खाल्डोमा डुबेर एकै घरका दुई बालकको मृत्यु भएको छ ।

स्थानीय सद्दाम अन्सारीका छोराहरु ८ वर्षीय रेआज अन्सारी र ६ वर्षीय नेआज अन्सारीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बाख्रा चराउन गएका ती दाजुभाइ पल्सी भन्ने ठाउँमा खाडलमा जमेको पानीमा पौडी खेल्न पसेका थिए । आज (बुधबार) मध्याह्न दाजुभाइ डुबेपछि उनीहरुसँगै बाख्रा चराउन गएका अर्का बालकले गाउँलेलाई खबर गरेका थिए ।

तत्काल इटाभट्टाका मजदुर र गाउँले मिलेर उनीहरूलाई निकाली उपचारका लागि मलंगवा अस्पतालमा पुर्‍याएका थिए । अस्पतालमा पुर्‍याउँदा उनीहरुको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

इटाभट्टा सञ्चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ३ : ५९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना