सर्लाहीमा इट्टा उद्योगले बनाएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु « Khabarhub

सर्लाहीमा इट्टा उद्योगले बनाएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सदरमुकाम मलंगवा नगरपालिका – ११ गम्हरियामा इटाभट्टाले बनाएको खाल्डोमा डुबेर एकै घरका दुई बालकको मृत्यु भएको छ ।

स्थानीय सद्दाम अन्सारीका छोराहरु ८ वर्षीय रेआज अन्सारी र ६ वर्षीय नेआज अन्सारीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बाख्रा चराउन गएका ती दाजुभाइ पल्सी भन्ने ठाउँमा खाडलमा जमेको पानीमा पौडी खेल्न पसेका थिए । आज (बुधबार) मध्याह्न दाजुभाइ डुबेपछि उनीहरुसँगै बाख्रा चराउन गएका अर्का बालकले गाउँलेलाई खबर गरेका थिए ।

तत्काल इटाभट्टाका मजदुर र गाउँले मिलेर उनीहरूलाई निकाली उपचारका लागि मलंगवा अस्पतालमा पुर्‍याएका थिए । अस्पतालमा पुर्‍याउँदा उनीहरुको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

इटाभट्टा सञ्चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ३ : ५९ बजे

‘मृत्युका लागि तयार छु’ भन्दै भावुक बने लकी अली, यात्रामा कफन समेत बोकेर हिँड्ने खुलासा

काठमाडौं- भारतीय संगीतप्रेमीमाझ आफ्नो फरक पहिचान बनाएका गायक तथा अभिनेता

शेखर गोल्छालाई धरौटीमा छाड्दा विशेष अदालतले लिएका ६ मुख्य आधार

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शेखर गोल्छालाई १

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा