हुन्डाई ‘नयाँ वर्ष २०७८’ योजना आषाढ ३१ गते सम्म विस्तार « Khabarhub

हुन्डाई ‘नयाँ वर्ष २०७८’ योजना आषाढ ३१ गते सम्म विस्तार


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  हुन्डाईका लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो नयाँ वर्ष योजना “यो नयाँ वर्ष २०७८, हुन्डाई चढौँ अघि बढौँ” आषाढ ३१ गते सम्म विस्तार गरिएको छ। पहिले यस योजनाको अवधि १९ चैत्र, २०७७ देखि १७ वैशाख, २०७८ सम्म रहेको थियो।

तर विश्वव्यापी महामारी कोभिडले निषेधाज्ञाका कारण यस योजना स्थगित भएको थियो। ग्राहक वर्गलाई मध्यनजर राखी यस योजना ८ आषाढ देखि ३१ आषाढ, २०७८ सम्म पुनः सुचारु गरिएको कम्पनीले जनाएको छ।

यो योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरू प्राप्त गर्न सकिने छ। यस योजना अन्तर्गत हरेक खरिदमा ग्राहकहरूले आकर्षक नगद छुट स्क्रयाच कार्ड मार्फत ७८ हजारसम्मको अतिरिक्त छुट, १५ हजार बराबरको लोयल्टी बोनस, एक लाखसम्मको एकसचेन्ज बोनस तथा १ वर्षको बिमा सुविधा प्राप्त गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ। हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरूमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ।

हुन्डाई नेपालले सबै शोरुमहरू तथा सर्भिस सेन्टरहरू कोभिडको सुरक्षा प्रोटोकल पालना गरी सञ्चालन गरिने जनाएको छ। हुन्डाई नेपाल आफ्ना ग्राहकहरूलाई उत्तम सेवा र सुविधा प्रदान गर्न सधैँ प्रतिबद्ध रहेको छ।

लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले नेपाल भरी १३ शोरुमहरू तथा १७ सर्भिस सेन्टरहरू मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ। हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठुला अटो मोबाइल उत्पादकमध्येमा पर्दछ। यस कम्पनीका उत्कृष्ट उत्पादनहरूले विश्वभरि करोडौँ ग्राहकहरूको मन तथा विश्वास जित्न सफल भएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  २ : २४ बजे

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) बाट

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य