हिमालयन बैंकका ग्राहकलाई दराजबाट सामान खरिद गर्दा १५% सम्म छुट « Khabarhub

हिमालयन बैंकका ग्राहकलाई दराजबाट सामान खरिद गर्दा १५% सम्म छुट


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिमालयन बैंक लिमिटेड र इ—कमर्श साइट दराज बिच बैंकका ग्राहकहरुलाई उक्त अनलाइन साइटबाट सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

दराजको बैंक डे अफर अन्तर्गत बैंकले आफ्ना ग्राहकहरुको सुविधाको लागि प्रत्येक बिहीबार छुट प्रदान गर्ने व्यवस्था गरेको छ ।

उक्त सम्झौता अन्तर्गत हिमालयन बैंकका ग्राहकहरुले दराजबाट बिहिबारका दिन आफ्नो क्रेडिट वा प्रिपेड कार्डबाट अग्रिम भुक्तानी गरी कुनै पनि सामानहरु खरिद गर्दा १५% वा अधिकतम रु. ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले देशमा फैलिएको करोना महामारीको विषम परिस्थितीबाट आफ्ना ग्राहकहरुलाई सुरक्षित राख्न डिजिटल बैंकिङ्खको प्रवद्र्धन गर्ने सिलसिलामा दराजबाट सामानहरु खरिद गर्दा छुट प्रदान गर्ने व्यवस्था गरेको हो । दराजबाट सामान खरिद गर्दा समान घरमै आउने तथा छुट पनि प्राप्त गर्ने भएकोले बैंकका ग्राहकहरु लाभान्वित हुनेछन् ।

बैंकको क्रेडिट वा प्रिपेड कार्ड प्राप्त गर्न बैंकको नजिकको शाखा कार्यालयमा गई ग्राहकहरुले निवेदन दिन सक्नेछन् । हाल बैंकको ७१ वटा शाखा, ५००० भन्दा बढि पस टर्मिनल, ६०० भन्दा बढि इ कमर्श मर्चेन्ट तथा १४२ भन्दा बढि एटिएम मेशिनहरु संचालनमा छन् ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ३ : ४८ बजे

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक