इन्दिरा गान्धीको बायोपिकमा कंगना, सुरु गरिन् तयारी « Khabarhub

इन्दिरा गान्धीको बायोपिकमा कंगना, सुरु गरिन् तयारी


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउड अभिनेत्री कंगना रनावत पछिल्लो दशकमा महिला प्रधान फिल्ममा निरन्तर काम गरिरहेकी छन् । उनले अभिनय गरेका यी फिल्ममा दर्शकको चासो पनि उत्तिकै छ ।

तमिलनाडुकी पूर्व दिवंगत मुख्यमन्त्री जयललितामा आधारित फिल्म ‘थलाइवी’मा कंगनाले प्रमुख भूमिका निभाएकी छन् । फिल्मको ट्रेलर यसअघि नै सार्वजनिक भइसकेको छ । फिल्म यसै अप्रिलमा रिलिज हुनुपर्ने भए पनि लकडाउनका कारण रिलिज हुन पाएन ।

यिनै कंगना जयललिता पछि भारतकी पहिलो महिला प्रधानमन्त्री इन्दिरा गान्धी बन्ने तयारीमा जुटेकी छन् । कंगनाले हालैमात्र आफ्नो इन्स्टाग्राम एकाउण्टमा तयारीको केही तस्वीर शेयर गरेकी छन् । जहाँ उनको मेकअप हुँदै गरेको देख्न सकिन्छ ।

तस्वीरमा एक मेकअप आर्टिष्ट कंगनाको अनुहारमा निलो रंगको पेन्ट गरिरहेका छन् । यो तस्वीर हेरेर पनि कंगनाको इन्दिरा गान्धीको भूमिका कस्तो हुनेछ भनेर अड्कलबाजी गर्न थालेका छन् ।

‘हरेक भूमिका एक नयाँ यात्राको सुन्दर सुरुवात हो । आज हामीले इमरजेन्सी इन्दिराको सुरुवात गरेका छौं । मेकअप आर्टिष्ट काममा लागेका छन् । जसले मेरो अनुहार, शरीर र लुकलाई सही तरिकाले तयार पार्न सकुन् । यो एक विशेष फिल्म हुँदैछ’, कंगनाले तस्वीरमा लेखेकी छन् ।

फिल्ममा संकटकालको कथा देखाइनेछ । दर्शकले संकटकालसँग जोडिएका केही नयाँ कुरा हेर्न पाउनेमा आशा व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ७ : ०१ बजे

हर्कको अनौठो प्रस्ताव : संसद्‍मा अब टेबल ठोक्ने होइन, सबैले ताली बजाऔँ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज

नागरिक एपमा सेवा थपिँदै : लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने

काठमाडौं– सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम