कलम थापाले भने : यहि बेलामा हो धक्का दिन सके राप्रपाको मान्यताहरु स्थापित हुने « Khabarhub

कलम थापाले भने : यहि बेलामा हो धक्का दिन सके राप्रपाको मान्यताहरु स्थापित हुने


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अहिले देशमा संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको अवस्थामा धक्का दिएर पार्टीको मान्यता स्थापित गर्नुपर्ने बताएका छन् ।

बुधबार पार्टीको केन्द्रीय निर्देशन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशको संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको बताएका हुन् । उनले यस्तो बेलामा धक्का दिन सके राप्रपाको मान्यताहरु स्थापित हुने र पार्टी अग्रणी शक्तिको रुपमा स्थापित हुने बताए ।

उनले भने, ‘अहिलेको संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको छ । यही प्रश्न चिन्ह खडा भएकै बेलामा हो हामीले धक्का दिन सक्यौँ भने हाम्रा मान्यताहरु स्थापित हुने र साथसाथै पार्टी पनि अग्रणी शक्तिको रुपमा स्थापित हुने । यो धरातलीय यथार्थ छ । अब हामीले आगामी दिनका रणनीतिहरु तय गर्नुपर्ने हुन्छ । विगतका कमी कमजोरीहरुबाट पाठ सिकेर अगाडी बढ्नुपर्ने आवश्यकता छ । पार्टी एकतालाई अक्षुण राख्दै, प्रतिवद्धता कायम गर्दै हामीले आफुलाई गतिशिल तुल्याउनुपर्ने आवश्यकता छ ।’

उनले विगतका तीता कुरा बिर्सेर एकताबद्ध हुन पनि आम पार्टी पंक्तिलाई आग्रह गरे ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ८ : ०३ बजे

यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी

एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ।

बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीमा हवाई ढुवानी शुल्क छुट

काठमाडौं– नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट

जेन-जी आन्दोलनको एक वर्ष : दिशाहीन छ देशको अर्थराजनीति

काठमाडौं– गत वर्षको भदौ २३ गते जेन–जी पुस्ताका युवाहरूको आह्वानमा

‘विपद्को बेला पनि केपी ओलीमाथि नानाभाँती आरोप लगाएर राजनीति गरिँदै छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ

‘गगनलाई मान्यता दिने निर्णयविरुद्ध निस्सा पाएका छौँ, कांग्रेसको रुख र चारतारे झण्डा हाम्रै हुन्छ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन र त्यसबाट