त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदामबाट ल्यापटप चोरीको आरोपमा एक पक्राउ | Khabarhub Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदामबाट ल्यापटप चोरीको आरोपमा एक पक्राउ


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदामबाट ल्यापटप लगायएका वस्तुहरु चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालनमा ल्याएको कार्गो कम्प्लेक्समा रहेको आयात गोदाममा चोरी गरेको आरोपमा सिन्धुपाल्चोकको थाङपाल गाउँपालिका–२ घर भइ हाल काठमाडौंको गोकर्णेश्वर बस्ने विष्णु अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

अधिकारीले जेठ २० गते ७ वटा र असार ३ गते ६ वटा गरी १३ थान ल्यापटप चोरी गरेको प्रहरीले जनाएको छ। महानगरीय अपराध महाशाखाको टोलीले उनलाई ८ थान ल्यापटप र २ थान चार्जरसहित पक्राउ गरेको हो।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ८ : २८ बजे

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

आगोमा परी अर्घाखाँचीमा चार वर्षीया बालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर

गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्ति वैधानिक, सर्वोच्चद्वारा रिट खारेज

काठमाडौं- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिटलाई