निशालाई प्राप्त सहयोग रकम पारदर्शी बनाउन संरक्षण कोष « Khabarhub

निशालाई प्राप्त सहयोग रकम पारदर्शी बनाउन संरक्षण कोष


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको नाममा स्थापित ‘निशा घिमिरे संरक्षण कोष’को बैठक बुधबार बसेको छ । कोषका संयोजक समाजसेवी दुर्गानाथ दाहालको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।

निर्णय अनुसार निशाको नाममा आएको रकमलाई पारदर्शी बनाइने, साताको एकपटक दाताको नाम र रकम सार्वजनिक गर्ने, आएको हप्तामा कोषमा जम्मा गर्ने र निशाको बुवाको खातामा हालसम्म आएको रकम र निशाको लागि उपचार तथा उपचारपछि भैपरी आउने खर्चलाई घरमा तथा अस्पतालमा दाताले दिएको रकमलाई शुक्रबारसम्म सार्वजनिक गरिनेछ ।

कोषका कोषाध्यक्ष कलाकार मोहन निरौलाले आगामी दिनमा निशाका लागि आउने रकम संरक्षण कोषमा राखिने समझदारी भएको बताए । बैठकमा निशाको बुवा प्रेमप्रसाद घिमिरेको पनि उपस्थिति थियो ।

झण्डै अढाई वर्ष अघि भारतको देहरादुनमा मोडलिङ पढ्न पुगेको करिब डेढ महिनामा नै निशा दुर्घटनामा परेकी थिइन् । त्यहाँ प्रारम्भिक उपचार गरी उनलाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याएर भर्ना गरिएको थियो । निशाले तीन दर्जन म्यूजिक भिडियोसँगै फिल्म ‘मधेसीपूत्र २’ र टेलिसिरियल ‘डियर जिन्दगी’मा अभिनय गरेकी थिइन् ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ९ : २० बजे

राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

काठमाडौँ – नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन र

विश्वकप: अन्तिम १६ मा पुग्ने पहिलो देश बन्यो क्यानडा

काठमाडौँ – क्यानडाले फिफा विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

कालीकोट– कालीकोट जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको

मकैको पातमा झरीको सङ्गीत !

प्रिय सोफिया,अविरल माया ।झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई