आरोपितलाई छुटाउन मन्त्रीको दौडधूप दलित समुदायकै घाउमा ‘नुनचुक दल्नु’ सरह : डा. भट्टराई « Khabarhub

आरोपितलाई छुटाउन मन्त्रीको दौडधूप दलित समुदायकै घाउमा ‘नुनचुक दल्नु’ सरह : डा. भट्टराई


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जातीय भेदभाव तथा छुवाछुत मुद्दाजस्तो सरकारवादी मुद्दामा वहालवाला मन्त्रीले आरोपितलाई छुटाउन दौडधूप गर्नु विधिको शासनको ठाडो उपहास भएको बताएका छन् ।

उनले बुधवार साँझ ट्वीट गर्दै बहालवाला मन्त्री कृष्णगोपाल श्रेष्ठले विधिको शासनको ठाडो उपहास गरेको बताएका हुन् ।

रुपा सुनारले जातका कारण आफूलाई कोठा नदिएको भन्दै बबरमहलकी घरबेटी सरस्वती प्रधान विरुद्ध जाहेरी दिएपछि प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको थियो ।

बुधवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले हिरासतबाट प्रधानलाई आफ्नै गाडीमा हालेर निकालेका थिए । यसको चौतर्फी आलोचना भएको छ ।

डा. भट्टराईले मन्त्रीको सो कदमले उत्पीडित दलित समुदायको घाउमा राज्यकै तर्फबाट थप नुनचुक दलिएको पनि बताएका छन् । उनले जो रक्षक उही भक्षक भएको भन्दै वृहद प्रतिरोधको आह्वान समेत गरेका छन् ।

उनले ट्वीटरमा यस्तो लेखेका छन्-

जातीय भेदभाव तथा छुवाछुत मुद्दाजस्तो सरकारवादी मुद्दामा वहालवाला मन्त्रीले आरोपितलाई छुटाउन दौडधूप गर्नु विधिको शासनको ठाडो उपहास त हो नै साथै समाजका सबभन्दा उत्पीडित दलित समुदायको घाउमा राज्यकै तर्फबाट थप नुनचुक दल्नु पनि हो।जो रक्षक उही भक्षक भए पछि के गर्ने ?वृहद प्रतिरोध गरौं!

 

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  १० : ५७ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन