यी हुन धन कमाउने धार्मिक मान्यता « Khabarhub

यी हुन धन कमाउने धार्मिक मान्यता


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दु धार्मिक मान्यता अनुसार माता लक्ष्मीलाई धनकी देवी मानिन्छ । त्यसैले प्राय हिन्दु धर्मालम्बी र आस्थावान्हरु माता लक्ष्मीलाई प्रसन्न राख्ने कोशिसमा हुन्छन् । माता लक्ष्मी प्रसन्न भए कृपा र आशीर्वादमा धन सम्पती पाउने धार्मिक विश्वास छ । यस्तोमा माता लक्ष्मीको कृपा पाउन आफुबाट जानअन्जानमा हुने ५ गल्ती बारे सजग हुनु पर्दछ ।

१. अबेरसम्म नसुत्ने
बिहान अबेरसम्म सुत्ने वा सूर्यास्तको गोधूलि बेलामा सुत्नेहरुसंग माता लक्ष्मी प्रसन्न नहुने भएकाले उनीहरुमा लक्ष्मीको कृपा नहुने धार्मिक विश्वास छ । गोधुली बेलामा पूजापाठ गर्ने समयमा माता लक्ष्मीको घर आगमनको समय मानिने भएकाले यो समयमा सुत्नु राम्रो मानिदैन । साथै वेद र पुराणमा समेत सूर्योदय भन्दा पहिल्यै जाग्नु सर्वश्रेष्ठ हुने उल्लेख छ ।

२. रातको समयमा नङ काट्नु
व्यस्त दिनचर्या वा अन्जानकै कारणले भए पनि रातमा नङ काट्नु अशुभ मानिन्छ । रातमा नङ काट्नेसंग माता लक्ष्मी प्रसन्न नहुने र धनको समस्या हुने धार्मिक मान्यता छ ।

३. खाना खादाँ बिचमै उठ्ने
शास्त्र अनुसार खाना खादाँ बीचमै उठ्नु हुदैँन । अन्यथा देवी अन्नपूर्णाको अपमान हुने र देवी अन्नपूर्णा माता लक्ष्मीकै रुप भएकाले खाना खादाखादै बीचमै उठ्नेसंग माता रुष्ट हुने भएकाले घरमा सम्पन्नता नआउने धार्मिक विश्वास छ ।

४. साँझमा नुन दिने
साँझमा नुन सापटी वा उधोरोमा दिनु अशुभ मानिन्छ । सकेसम्म साँझमा कसैलाई नुन दिनु नै हुदैँन । अन्यथा घरको सम्पन्नता बाहिरीने र जीवनमा धनको अभाव हुने साथै माता लक्ष्मी रुष्ट हुने धार्मिक विश्वास छ ।

५. रातमा जुठा भाडा राख्नु
रातमा सुत्नु अघि घरका सबै जुठा भाडाँ माझ्नु पर्दछ । अन्यथा रातभर घरमा जुठो राखे नकारात्मक ऊर्जाले घरमा प्रवेश पाउने र माता लक्ष्मी रुष्ट हुने धार्मिक मान्यता छ । जसले धनसम्बन्धी समस्याको सामना गर्नुपर्ने हुनसक्छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ५ : ५५ बजे

कांग्रेसको एकता जोगाउन तेस्रो समूह सक्रिय, दबाबका लागि देशव्यापी हस्ताक्षर अभियान चलाउने

काठमाडौं- नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवादले पार्टी, संगठन र

शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेपाल उद्योग वाणिज्य संघका

इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकामाथि पुर्‍याएको क्षतिको क्षतिपूर्ति

रूसमा युक्रेनी आक्रमण : १३ जनाको मृत्यु, ७५ घाइते

एजेन्सी– रूसको तातारस्तान क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक बालकसहित

अस्ट्रेलिया र भियतनामबीच व्यापारिक सम्झौता

एजेन्सी– क्यानबेरामा अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिज र भियतनामका राष्ट्रपति टो