सुगर नियन्त्रण गर्ने ७ उपाय « Khabarhub

सुगर नियन्त्रण गर्ने ७ उपाय


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अहिले खानपान र जीवनशैलीमा ध्यान नपुर्याउने मानिसमा मधुमेहको जोखिम बढ्दो छ । मीठो, मसिनो खाने र शारिरीक परिश्रम नगर्ने र बढि आराम गर्ने मानिसमा मधुमेहको जोखिम हुने गर्दछ । यसले जुनै उमेर, बर्गको मानिसलाई गाँज्न सक्छ ।

मधुमेह हुनुमा खानपान र जीवनशैली जिम्मेवार हुन्छ । अस्वस्थ्यकर खानपान र जीवनशैली नै मधुमेह रोग लाग्ने संभावनाका कारक हुन् । यस्तोमा मधुमेह वा ब्लड सुगर लेभललाई कसरी नियन्त्रण गर्ने त ?

१. नियमित बिहान र साँझ १५ मिनेट हिँड्ने गरेमा ब्लड सुगर लेभल नियन्त्रण हुन्छ । त्यसैले मधुमेह रोगीको लागि हिँडडुल गर्नु राम्रो व्यायम हो ।

२. मधुमेह रोगीले दैनिक साढे दुई लिटर पानी पिउनु पर्दछ । यसले मधुमेहको स्तर नियन्त्रण गर्न सघाउ पु¥याउँछ ।

३. मधेमेहका बिरामीले पालुंगो, करेला, लौका जस्ता तरकारी खानु उपयोगी हुन्छ । यसमा कम क्यालोरी हुनका साथै भिटामिन सि, म्यागनेसियम धेरै हुन्छ ।

४. ब्लड सुगर स्तर नियन्त्रण राख्न मेथीको सेवन उपयोगी हुन्छ । एक चम्चा मेथीको चुर्ण तातो दुधमा मिलाएर दिनहुँ पिएमा यसले ब्लड सुगर स्तर नियन्त्रण गर्दछ ।

५. ताजा फलमा भिटामिन ए र सी हुन्छ, जसले रगत र हड्डी स्वस्थ्य राख्छ । यसका साथै जिंक, पोटासियम, आयरन, फाइबर पनि हुने भएकाले ब्लड सुगर लेभल नियन्त्रण गर्छ ।

६. नियमित खानामा जौको प्रयोग गर्दा पनि ब्लड सुगरको स्तर नियन्त्रण हुन्छ । जौमा फाइबरको मात्रा अधिक हुन्छ । यसले ग्लुकोजको स्टरलाई मेटाबोलाइज गर्न मद्दत गर्छ ।

७. शरीरमा भिटामिन डीको कमीले इन्सुलिनको मात्रा बढ्छ । यसैले सहि मात्रामा भिटामिन डि लिनुपर्छ, जसले ब्लड सुगरको लेभल कम गर्छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १० : ४९ बजे

पश्चिम एसिया तनाव : इस्लामावादमा पाकिस्तान, साउदी, टर्की र इजिप्टका विदेश मन्त्रीहरूको बैठक

इस्लामावाद- पश्चिम एसियामा जारी युद्ध अन्त्य गर्ने उद्देश्यसहित आइतबार पाकिस्तानमा

ओली र लेखकलाई १० दिन हिरासतमा राख्न सरकारी वकिलको माग

काठमाडौं- शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब

कर्मचारीलाई जिम्मेवारीप्रति प्रतिबद्धता र इमानदार भएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले मन्त्रालयको समग्र

रवि लामिछानेको अर्को तारिख वैशाख १५ गते

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत काठमाडौंमा