कसरी भगाउने लामखुट्टे « Khabarhub

कसरी भगाउने लामखुट्टे


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

बर्षातको मौसममा हुने गर्मी पछिको सबैभन्दा ठुलो समस्या हो, लामखुट्टे । लामखुट्टेको आवाज र टोकाइले राति निन्द्रा बिथोल्छ । यस्तोमा कसरी लामखुट्टेको टोकाइबाट बच्ने त ?

लामखुट्टेको टोकाई र आवाजले राती सुत्न दिदैन । साथै यसले संक्रमित व्यक्ति, जीव जनावरलाई टोकेर मानव शरीरमा रोग समेत सार्न सक्छ । त्यसैले गर्मीमा लामखुट्टेले थुप्रै रोग सार्ने भय रहन्छ । यस्तोमा निम्न उपाय मार्फत लामखुट्टे भगाउन सकिन्छ ।

१. लामखुट्टे जमेको फोहोर पानीबाट फैलन्छ । त्यसैले पानी जम्ने स्रोत सबै पुर्नु पर्दछ ।

२. बर्खामा जम्ने पानी, भाडा माझेको पानी जमेको ठाँउमा लामखुट्टेले अण्डा पार्न सक्छ त्यसैले घर आसपासमा त्यस्तो पानी जम्न दिनु हुँदैन ।

३. पानी जम्ने स्थान सरसफाई गरेको अवस्थामा लामखुट्टे फैलने दर कम हुन्छ ।

४. साँझ पर्नु अघि नै घरको झ्याल, ढोका वा कुनैपनि भेन्टिलेटर बन्द गर्नु पर्दछ ।

५. घरभित्र प्रवेश गर्ने वा लामखुट्टे प्रवेश गर्न सक्ने सबै खुला प्वाल बन्द गर्ने सम्भव नभए जाली लगाउनु पर्दछ ।

६. लामखुट्टको टोकाइबाट बच्न सबैभन्दा सरल र उचित उपाय भनेको झुलको प्रयोग नै हो । राती सुत्दा अनिवार्य झुल भित्र सुत्ने गरेमा यसको टोकाइबाट बच्न सकिन्छ ।

७. कपुरलाई बालेर पनि लामखुट्टे भगाउने काममा प्रयोग गर्न सकिन्छ । कोठामा कपुर बालेर केहिबेर सबै झ्याल ढोका बन्द गरिदिएमा कोठा लामखुट्टे रहित हुन्छ ।

८. पुदिना वा त्यसको तेलमा किटनासक गुण हुने भएकाले घरको आसपास पुदिना रोप्ने र त्यसको रस झ्याल ढोकामा छर्किएा लामखुट्टेको संक्रमण हट्छ ।

९. लामखुट्टेबाट बच्न मच्छर धुप, इलेक्ट्रिक धुप लगायतको प्रयोग गर्न सकिन्छ ।

१०. यस अलावा ओडोमस र इलेक्ट्रिक ब्याटको प्रयोगबाट समेत यसको टोकाइबाट बच्न सकिन्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ९ : ३८ बजे

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

नवलपरासी– यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२

जेन-जी आन्दोलमा झापामा जलेका संरचना निरीक्षण गरेर चुनावी अभियान सुरु गर्दै ओली

काठमाडौं – उम्मेद्वारी दर्ताका लागि झापा पुगेका नेकपा (एमाले)का अध्यक्ष

कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज