कसरी भगाउने लामखुट्टे « Khabarhub

कसरी भगाउने लामखुट्टे


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

बर्षातको मौसममा हुने गर्मी पछिको सबैभन्दा ठुलो समस्या हो, लामखुट्टे । लामखुट्टेको आवाज र टोकाइले राति निन्द्रा बिथोल्छ । यस्तोमा कसरी लामखुट्टेको टोकाइबाट बच्ने त ?

लामखुट्टेको टोकाई र आवाजले राती सुत्न दिदैन । साथै यसले संक्रमित व्यक्ति, जीव जनावरलाई टोकेर मानव शरीरमा रोग समेत सार्न सक्छ । त्यसैले गर्मीमा लामखुट्टेले थुप्रै रोग सार्ने भय रहन्छ । यस्तोमा निम्न उपाय मार्फत लामखुट्टे भगाउन सकिन्छ ।

१. लामखुट्टे जमेको फोहोर पानीबाट फैलन्छ । त्यसैले पानी जम्ने स्रोत सबै पुर्नु पर्दछ ।

२. बर्खामा जम्ने पानी, भाडा माझेको पानी जमेको ठाँउमा लामखुट्टेले अण्डा पार्न सक्छ त्यसैले घर आसपासमा त्यस्तो पानी जम्न दिनु हुँदैन ।

३. पानी जम्ने स्थान सरसफाई गरेको अवस्थामा लामखुट्टे फैलने दर कम हुन्छ ।

४. साँझ पर्नु अघि नै घरको झ्याल, ढोका वा कुनैपनि भेन्टिलेटर बन्द गर्नु पर्दछ ।

५. घरभित्र प्रवेश गर्ने वा लामखुट्टे प्रवेश गर्न सक्ने सबै खुला प्वाल बन्द गर्ने सम्भव नभए जाली लगाउनु पर्दछ ।

६. लामखुट्टको टोकाइबाट बच्न सबैभन्दा सरल र उचित उपाय भनेको झुलको प्रयोग नै हो । राती सुत्दा अनिवार्य झुल भित्र सुत्ने गरेमा यसको टोकाइबाट बच्न सकिन्छ ।

७. कपुरलाई बालेर पनि लामखुट्टे भगाउने काममा प्रयोग गर्न सकिन्छ । कोठामा कपुर बालेर केहिबेर सबै झ्याल ढोका बन्द गरिदिएमा कोठा लामखुट्टे रहित हुन्छ ।

८. पुदिना वा त्यसको तेलमा किटनासक गुण हुने भएकाले घरको आसपास पुदिना रोप्ने र त्यसको रस झ्याल ढोकामा छर्किएा लामखुट्टेको संक्रमण हट्छ ।

९. लामखुट्टेबाट बच्न मच्छर धुप, इलेक्ट्रिक धुप लगायतको प्रयोग गर्न सकिन्छ ।

१०. यस अलावा ओडोमस र इलेक्ट्रिक ब्याटको प्रयोगबाट समेत यसको टोकाइबाट बच्न सकिन्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ९ : ३८ बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति