मध्यपहाडी राजमार्ग र कालिगण्डकी करिडोर अवरुद्ध | Khabarhub Khabarhub

मध्यपहाडी राजमार्ग र कालिगण्डकी करिडोर अवरुद्ध


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निरन्तरको वर्षातका कारण आएको पहिरोले बागलुङ जिल्लाका दुई सडक अवरुद्ध भएका छन् ।

मध्यपहाडी राजमार्गको बागलुङ नगरपालिका–३ बोक्से र कालिगण्डकी करिडोरको बागलुङ नगरपालिका–१३ गलुवामा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

हिजो बिहानैदेखि दुईवटै सडक अवरुद्ध भएको हो । कालिगण्डकी करिडोर १८ दिन अवरुद्ध भएपछि तीन दिनअघि मात्रै सञ्चालनमा आएको थियो ।

वर्षासँगै आएको लेदोले मध्यपहाडीको बोक्सेमा सडक अवरुद्ध हुँदा सिगाना जाने वैकल्पिक सडक प्रयोग गरेर यात्रुलाई गन्तव्यमा पठाइएको छ ।

लोकमार्ग एकतर्फी खुलाउने प्रयास भइरहेपनि सडकमा लेदो खस्ने काम रोकिएको छैन ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ६ : १७ बजे

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी