ओली बाहेकका सबै कम्युनिस्ट नेता एउटै मञ्चमा « Khabarhub

ओली बाहेकका सबै कम्युनिस्ट नेता एउटै मञ्चमा


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज नेपालका कम्युनिस्ट पार्टीका शीर्ष नेता एकै मञ्चमा भेला हुने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाहेकका शीर्ष कम्युनिस्ट नेताले आज एकै मञ्चबाट सम्बोधन गर्न लागेका हुन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा आज पुष्पलाल मित्रता केन्द्रले आयोजना गर्न लागेको प्रवचन कार्यक्रममा कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु सहभागी हुन लागेका छन्।

केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाका अनुसार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा कार्यक्रम आयोजना गर्न लागिएको छ।

केन्द्रले आयोजना गर्ने  ‘नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचन कार्यक्रममा सात जना कम्युनिस्ट नेता सहभागी हुनेछन्।

कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्य र नेकपा महासचिव नेक्रविक्रम चन्द प्रवचन दिनेछन्।

त्यस्तै, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी र एमाले नेत्री अष्टलक्ष्मी शाक्य पनि प्रवचन दिने कार्यक्रम रहेको खतिवडाले जानकारी दिए। यसमा एमाले अध्यक्ष ओलीलाई भने बोलाइएको छैन।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १० : ०९ बजे

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन

बागमतीमा सत्ताको खेलले राप्रपामा भाँडभैलो, केन्द्रको निर्देशन लत्याएपछि दलका नेता थापामाथि कारबाही !

काठमाडौं- बागमती प्रदेशमा सरकार गठनको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी

प्रधानमन्त्री-सञ्चारमन्त्रीको कार्यसम्पादन सम्झौता, सञ्चार क्षेत्रलाई रूपान्तरणकारी वर्ष बनाउने लक्ष्य

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले आर्थिक