नगरप्रमुख र उपप्रमुखको विवादले बजेट पारित हुन सकेन « Khabarhub

नगरप्रमुख र उपप्रमुखको विवादले बजेट पारित हुन सकेन


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिकामा नगरप्रमुख र उपप्रमुखको विवादले बजेटले पूर्णता पाउन सकेको छैन ।

नगरपालिको बजेटसहित सेवा प्रवाहका काम पनि प्रभावित भएका छन् । नगरप्रमुख कान्तिका सेजुवाल र उपप्रमुख अप्सरादेवी न्यौपानेबीचको विवादका कारण आर्थिक वर्ष २०७८/७९ को बजेटसमेत आउन नसकेको जनाइएको छ ।

नगरप्रमुख सेजुवालले बहुमतले गत असार ३१ गते बजेट पारित गरिएको बताए । नगर उपप्रमुख न्यौपानेले नगरपालिको बजेट पारित नभएको जानकारी दिए ।

वैधानिकरूपमा बजेटमा हुने छलफल हुन सकिरहेको अवस्था नरहेको कर्मचारी बताउँछन् ।

प्रमुख र उपप्रमुखको विवाद थेग्न नसक्दा नगरपालिकाका कर्मचारीलाई समेत काम गर्न कठिन भएको बताइएको छ । नगरपालिकाको राजश्व शाखामा राजश्व बुझाउन आएका सेवाग्राही पनि कठिन भएको बताउँछन् । राजश्व परामर्श समितिको बैठक नबस्दा राजश्व उठाउनसमेत कठिन भएको जनाइएको छ ।

आन्तरिक विवादका कारण नगरपालिकाले पछिल्लो तीन वर्षमा सार्वजनिक सुनुवाइसमेत गर्न सकेको छैन । नगरवासी नगरपालिकाले गरेका कामको जानकारी नभएको भन्दै आक्रोशित हुँदै आएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ११ : ५७ बजे

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था