नेकपा महासचिव विप्लव र राप्रपा अध्यक्ष थापाबीच भेटवार्ता « Khabarhub

नेकपा महासचिव विप्लव र राप्रपा अध्यक्ष थापाबीच भेटवार्ता


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तत्कालीन सरकारसँग ३ बुँदे सहमति गर्दै शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टीका नेताहरू सरकार परिवर्तनसँगै राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । पछिल्लो १० दिन भित्र नेकपाको प्रतिनिधिमण्डलले प्रमुख दलका मूख्य नेतासँग भेटघाट गरेका छन् ।

भेटघाट तत्कालीन ओली सरकारसँग भएका ३ बुँदे सहमति कार्यान्वयनका लागि वातावरण निर्माणमा केन्द्रित भएपनि राजनीतिक समदूरी कायम गर्ने विषयमा पनि महत्वपूर्ण मानिएको छ ।

नेकपा महासचिव नेतविक्रम चन्द विप्लव नेतृत्वको टोलीले शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष कमल थापालाई बुढानीलकण्ठस्थित उनकै निवासमा भेटवार्ता गरेका छन् ।

गत फागुन २० गते भएको सहमति कार्यान्वयनका लागि सरकार समर्थित दलहरुसँगको छलफल बाक्लो बनाएको नेकपाले फरक एजेण्डा बोकेको राप्रपासँग पनि राजनीतिक विषयमा छलफल गरेको हो ।

राप्रपा अध्यक्ष थापाले पूर्व सरकारले गरेका तीन बुँदे सहमति कार्यान्वयनका लागि वर्तमान सरकारले समेत अग्रसरता लिनुपर्ने बताए ।

भेटमा राप्रपाबाट अध्यक्ष थापासहित नेताहरु दीपक बोहोरा र बुद्धिमान तामाङ तथा नेकपाका महासचिव चन्दसहित नेताहरु धमेन्द्र बाँस्तोला, खड्गबहादुर विश्वकर्मासहितको टोली सहभागी थियो ।

नेकपा नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य लगायतसँग यसअघि नै भेटघाट गरिसकेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १२ : ३८ बजे

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था