आजदेखि अनलाइनबाट ब्लू बुक नविकरण गर्न सकिने, यसरी लिनुस् सेवा | Khabarhub Khabarhub

आजदेखि अनलाइनबाट ब्लू बुक नविकरण गर्न सकिने, यसरी लिनुस् सेवा


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती प्रदेश सरकारले अनलाइनबाट ब्लू बुक नवीकरण गर्न सकिने व्यवस्था सञ्चालनमा ल्याएको छ ।

आजदेखि वाग्मती प्रदेशभित्र सवारी साधनको ब्लू बुक अनलाइनमार्फत नै नवीकरण गर्न सकिने भएको हो ।

जसमा सवारी कर, जरिवाना लगायत सबै प्रकारका भुक्तानी अनलाइनमार्फत नै गर्न सकिने छ ।

एक कार्यक्रमका बीच वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अनलाइन सेवा शुभारम्भ गरेका हुन् । यो सेवा प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयको वेबसाइट र नेपाल सरकारले सञ्चालनमा ल्याएको नागरिक एपबा‍ट उपलब्ध हुने जानकारी दिइएको छ ।

अनलाइन नवीकरण तथा भुक्तानी सेवाको लागि वाग्मती प्रदेश सरकारले छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) तयार गरेको छ । सो प्रणालीमा गएपछि सवारी धनी लगइन पोर्टल देखिन्छ । त्यसको तलपट्टी नयाँ दर्ता लेखिएको ठाउँमा क्लिक गर्नुपर्ने हुन्छ ।

वाग्मती प्रदेश भित्रका यातायात सेवा सुविधा अनलाइनमार्फत नै उपलब्ध हुने छन् ।

खासगरी यो अनलाइन सेवामा ब्लू बुक तथा लाइसेन्स नवीकरण, जरिवाना तथा बाँकी राजस्वको विवरण समेत आफैँले हेर्न मिल्ने गरी नागरिक एप तथा सम्बन्धित भुक्तानी सेवा प्रदायकको मोबाइल एप्स तथा वेब पोर्टलमार्फत जानकारीसहित भुक्तानी समेत गर्न सकिने सुविधा रहेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १ : ५२ बजे

विश्व अल्जाइमर दिवस : नेपालमा तिन लाख मानिसमा अल्जाइमरको समस्या 

काठमाडौं– आज विश्व अल्जाइमर दिवस । हरेक वर्षको सेप्टेम्बर २१

सिंहदरबार छिर्न पाएनन् जेन-जी, गेटमै थाले धर्ना (तस्बिरहरू)

काठमाडौँ- गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा

पहिरोले अलपत्र यात्रुका लागि प्रजिअ र प्रहरी प्रमुख नै पुगे खाजा लिएर

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलानजिक खसेको पहिरोका कारण रातभर अलपत्र

पालमुनि यसरी हुँदैछ सर्वोच्चमा बहस (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनका नाममा भदौ २४ गते सर्वोच्च अदालतको भवन

वर्षमानले भने- जेन–जी विद्रोहको पहिलो कारण कांग्रेस-एमाले गठजोड, दोश्रो भू-राजनीति  

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त)ले गत वर्षको