एमालेभित्रको विवादमा चलखेल नगर्न अन्य दललाई सुवास नेम्वाङको आग्रह | Khabarhub Khabarhub

एमालेभित्रको विवादमा चलखेल नगर्न अन्य दललाई सुवास नेम्वाङको आग्रह


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले एमालेभित्रको विवादमा चलखेल नगर्न अन्य दलका नेताहरुलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै प्रतिनिधिसभाको बैठकमा नेता नेम्वाङले एमालेभित्रको विवाद समाधानमा लागिरहेको अवस्थामा अन्य दललाई चलखेल नगर्न आग्रह गरेका हुन् । उनले भने, ‘ह्वीप नलाग्ने, अनुशासनको कारबाही नहुने लगायतका विषय सर्वोच्च अदालतको आदेश एकातिर छ । तर निरन्तर हामीभित्रको समस्या समाधान गर्न लागिरहेका छौँ । समस्या समाधान गर्छौं । यति आग्रह हो । अरु दलले यसबारेमा शुभकामना दिनुहोस् । त्योदेखि बढी गर्दा अन्यथा प्रश्न उठ्छन् ।’

नेता नेम्वाङले सरकारलाई राम्रा काममा समर्थन गर्ने तर गलत काममा खबरदारी गर्ने बताए । ‘जिम्मेवार प्रतिपक्षको रुपमा बेठीक कुरालाई बेठीक भन्छौं । तर जिम्मेवारीपूर्वक अघि बढ्छौँ । ‘उनले भने, ‘प्रत्येक मन्त्रालयको अनुगमन गर्छौं । सरकार कहिले के गरिराखेको छ त्यो सबै मूल्याङ्कन गर्छौं ।’

नेता नेम्वाङले प्रधानमन्त्रीलाई सहयोग गर्न तयार रहेको तर त्यो पार्टीगत रुपमा मात्रै हुने बताए । उनले सहयोगका नाममा दलभित्रका अन्य नेताहरुलाई प्रयोग नगर्ने समेत दाबी गरे । उनले भने ‘पार्टीगत रुपमा तपाईंको पार्टीसँग सहयोग रहन्छ । हार्दिक सम्बन्ध रहन्छ । तर एउटा संस्कार बसाल्न लागेका छौँ । तपाईंको पार्टीसँग तपाईंमार्फत् सम्बन्ध विस्तार गर्छौं । तपाईंको पार्टीभित्रको छुट्टै नेताहरुसँग छलफल गर्दैनौँ ।’

सर्वोच्च अदालतको फैसला संविधानविपरीत रहेको भएपनि आफूहरूले फैसला मानेर अघि बढ्ने बताए । उनले प्रधानमन्त्री देउवाका पक्षमा मतदान गर्न कांग्रेस र माओवादी केन्द्रले ह्वीप जारी गरेको तर एमाले सांसदहरूका हकमा ह्वीप लागू हुन नहुने भनेको भन्दै उनले सोधे, ‘आफ्नो पार्टीभित्र अनुशासन चाहिने अरु दलभित्र भने दलले हैन अरु ढंगले निर्णय हुनुपर्छ भन्ने नै तपाईंहरुको धारणा यही हो ?’

अर्को दलभित्र चलखेल गर्ने संस्कार अघि बढ्यो भने त्यसले अन्य दललाई समेत समस्या हुने उनले बताए । उनले भने, ‘अहिले समस्या हाम्रोमा मात्रै छ । तर यही संस्कारका रुपमा स्थापित भयो भने हामी सबैलाई कति अप्ठ्यारो पार्छ ?’

अहिलेको सरकार जनादेशबाट आएको सरकार नभएकाले जनताप्रति उत्तरदायी हुनेमा समेत उनले आशंका व्यक्त गरे । उनले भने, ‘जनादेशबाट हैन, अदालतको आदेशबाट सरकार बन्यो । जनताको जनादेशबाट आएको सरकार जनतासँग जोडिएको हुन्छ । अदालतको आदेशपछि आएको सरकार जनताप्रति जोडिन अलि समस्या पो हुने हो कि ?’

नेता नेम्वाङले संसद अधिवेशन अन्त्य गरेर अध्यादेश जारी गर्न खोजेको हल्ला सुनेको भन्दै त्यसो नगर्न समेत आग्रह गरे । उनले सरकारले पूर्णता पाउन नसकेको भन्दै संविधानअनुसार २५ जनाभन्दा बढी मन्त्री नबनाउन समेत आग्रह गरे ।

0000000000000000

गोदावरी नगरपालिका बन्यो स्काउट दिक्षान्त गर्ने पहिलो स्थानीय तह

काठमाडौँ–ललितपुर जिल्लाको गोदावरी नगरपालिका नगर प्रमुख, उपप्रमुख र शिक्षाशाखा प्रमुखलाई स्काउटको दिक्षान्त गर्ने पहिलो नगरपालिका भएको छ ।

देशैभरका ७ सय ५३ स्थानीय तहमा स्काउट बिस्तार भएपनि अहिलेसम्म कुनै स्थानीय तहले स्काउटको दिक्षान्त कार्यक्तम आयोजना गरेका छैनन् ।

नगर स्काउटले बिहिवार एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख गजेन्द्र महर्जन, उप्रमुख मुना अधिकारी तथा नगर शिक्षा शाखा प्रमुख देवी प्रसाद उपाध्यायलाई दिक्षित गरेको हो ।

दिक्षित पदाधिकारीहरुलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । कार्यक्रमका प्रमुख अतिथि एवं स्काउटका केन्द्रिय संयोजक लोक बहादुर भण्डारीले ओली नेतृत्वको सरकारले देशभरका सबै सामुदायिक विद्यालयहरुमा स्काउटको विकास र विस्तारका लागि नितिगत रुपमा निर्णय गरेर प्रक्रिया अगाढी बढाएको बताउदै नयाँ सरकारले त्यसको सफल कार्यन्वयनका लागि जोडदिनु पर्ने बताए ।

उनले विगतदेखि नै स्काउटले विपद् ब्यवस्थापनमा महत्वपुर्ण भुमिका निर्वाह गदै आएको र स्काउटको आवद्धताले स्वयंसेवा भावनाको विकास मात्र नगरी यो अभियानमा जोडीनेहरुको बौद्धीक, नैतिक र सामाजिक विकाश हुने जिकिर गरे ।

मुलुक संघिय सरचनामा गएसगै स्काउटको अधिकार स्थानिय तहमा पुगेको बताउदै उनले आगामी दिनमा स्काउटको विकास र बिस्तारका लागि स्थानीय सरकारको भुमिका महत्वपुर्ण रहेको बताए । गोदावरी नगरपालिकाले नितिगत रुपमा नै स्काउटका लागि बजेट विनियोजन गरेर देशभरका सबै स्थानीय तहलाई सकारात्मक संदेश दिएकोे उनले जिकिर गरे ।

कार्यक्रममा विशेष अतिथि रुपमा बोल्दै वरिष्ठ संचारकर्मी ऋषि धमलाले स्काउटको विकासका लागि गोदावरी नगरपालिकाले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्दै नगर पदाधिकारीलाई धन्यवाद ज्ञापन गरे ।

अनुशासनमा कसरी बस्ने अनुशासन के हो त्यो स्काउट बाट सबैले सिक्नुपर्ने बताउदै उनले आगामी दिनमा संचार जगत र स्काउटले सहकार्य गर्दै स्काउटका गतिविधिहरु जनताको माझ पुराउन आफु लगायतका संचारकर्मीहरु तयार रहेको बताए ।

त्यसै गरी नेपाल पत्रकार महासघंका महासचिव रोसन पुरीले विपद्मा स्काउटले खेलेको भुमिकाको प्रशसा गदै स्काउटका गतिविधि जनताको माझ पुराउन आगामी दिनमा स्काउट र पत्रकारका महासघं विच सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।

कार्यक्रमको सभापति समेत रहेका संरक्षक एवम नगर प्रमुख गजेन्द्र महर्जनले स्थानीय तहमा स्काउटको अधिकार आएसंगै यसको विस्तार र विकासमा अवसर र चुनौती उत्तिकै रहेको बताए ।

उनले भावी दिनमा नगर भित्र रहेका सबै विद्यालयहरुमा स्काउट युनिट स्थापनाको लागि नगरपालिकाको योजना रहेको खुलासा गरे । महर्जनले नैतिक शिक्षा र अनुशासन सिकाउने मुख्य खम्बाको रुपमा स्काउटले भूमिका खेलेको बताए ।

कार्यक्रममा उपमेयर तथा स्थानीय स्काउटकी प्रमुख स्काउट मुना अधिकारीले नगर स्काउटको लागि नगरपालिकाको बन्दै गरेको नयाँ प्रशासकीय भवनमा स्काउटको लागि आवश्यक कोठा उपलब्ध गराउने नगरपालिकाको योजना रहेको जानकारी दिईन ।

साथै आफ्नो कार्यकालमा स्काउटको विकासको लागि सक्दो सहयोग गर्दै महत्त्वपूर्ण भूमिका खेल्ने अधिकारीले प्रतिबद्धता व्यक्त गरीन् ।

यस्तै नगरपालिकाका शिक्षा शाखा प्रमुख एंव नगर स्काउटका सदस्य सचिव देविप्रसाद पौडेलले स्काउटको अधिकार स्थानिय तहमा आएसगै नगरभित्रका सम्पुर्ण सामुदाियक तथा निजि विद्यालयहरुमा स्काउट पुराउने पहिलो प्राथमीतामा आफु लाग्ने उनको जिकिर थियो ।

कार्यक्रममा शिक्षा पत्रकार सन्जाल इजोनका पुर्व अध्यक्ष ईश्वरराज ढकालले हाल सामुदायिक विद्यालयहरुमा स्काउट अत्यन्तै कमजोर रहेको र त्यसको वृत्ति विकास र विस्तारका लागि अब स्थानीय तहले चासो दिनुपर्ने बताए ।

यस्तै उनले पछिल्लो समय विपद व्यवस्थापनमा समेत सक्रिय बन्दै आएको स्काउटले कोरोना महामारेबाट ज्यान गुमाएकाको शब व्यवस्थापन,राजधानीमा पार्किङ्ग व्यवस्थापन तथा ट्राफिक लाईट व्यवस्थापनमा अतुलनीय योगदान गरेको स्मरण गर्दै गोदावरी नगरपालिकाले शीर्षकमै बजेट विनियोजन गरी उदाहरणीय काम गरेको भन्दै नगरपालिकालाई धन्यावद ब्यक्त गरे ।

अभिभावक महासघंका अध्यक्ष सुप्रभात भण्डारीले गोदावरी नगरपालिकाले स्काउटलाई प्राथमीकतामा राखेर अघि बढेकोमा शुभकामना ब्यक्त गदै आगामी दिनमा स्काउट विकाशमा देशकै नमुना नगरपालिकाका रुपँमा स्थापित हुने गरि अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा नगरभित्रका १४ वडाका वडाध्यक्ष ,गोदावरी शिक्षक महासंघ , प्याब्सन , विभिन्न नगरपालिकाका स्उकाट संयोजक , रोभर रेन्जर लगायतको उपस्थीती रहेको थियो ।

राज्यको पुनर्संरचना र संघीयताको कार्यान्वयनसंगै स्वयंसेवा र विपद व्यवस्थापनको क्षेत्रमा परोपकारको काम गर्दै आएको नेपाल स्काउटको योगदान र अधिकार पनि स्थानीय तहसम्मै विस्तार भएको हो । स्काउटको विकासका लागि गोदावरीले यो आर्थिक वर्ष १५ लाख बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  २ : १३ बजे

रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडित प्रहरी नियन्त्रणमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर ३

विपद्को सामना गर्न क्षमता विस्तारमा महामन्त्री थापाको जोड

भक्तपुर– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विभिन्न विपद्को जोखिमसँग सामना

क्याबिन क्रुको आन्दोलन फिर्ता, आजैबाट काममा फर्कने

काठमाडौं– ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलनमा नेपाल

आगामी उपनिर्वाचन र ०८४ मा माओवादी एक्लै प्रतिष्पर्धामा जाने

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी उपनिर्वाचन

अमेरिकाद्वारा हुथी नियन्त्रित १५ वटा लक्ष्यमा आक्रमण

एजेन्सी– अमेरिकी सेनाले शुक्रबार यमनको हुथी नियन्त्रित क्षेत्रको १५ वटा