संविधान मिच्ने एमालेले अहिले विधिको कुरा गर्न सुहाउँदैन : प्रकाशमान सिंह « Khabarhub

संविधान मिच्ने एमालेले अहिले विधिको कुरा गर्न सुहाउँदैन : प्रकाशमान सिंह


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा एमालेले मूल्य मान्यताको विषयमा कुरा गर्न नमिल्ने जिकिर गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता सिंहले सत्तामा हुँदा संविधानविपरीत संसद विघटन गर्नेले अहिले मूल्य मान्यताका कुरा गर्दा महत्व नहुने बताए । ‘पुष ५ र जेठ ८ गते दुईपटक संसद विघटन गरेर आफूले कार्यपालिकाको नेतृत्व गर्दा अपनाउनुपर्ने विधि पालना नगर्ने अनि अहिले आएर जनताको जनादेशबाट हैन परमादेशबाट हो भने कराएर के पाउनुहुन्छ ?, उनले प्रश्न गरे, ‘सत्तामा हुँदा एउटा कुरा अनि विपक्षमा बसेर मूल्य मान्यताको कुरा गरेर कतिको महत्व पाउला ?’

एमाले अध्यक्ष केपी शर्मा ओलीले साढे तीन वर्षअघि कांग्रेसको अन्तिम प्रधानमन्त्री देउवा रहेको भनेको स्मरण गर्दै नेता सिंहले आफ्नो पार्टीभित्रको समस्या समाधान गर्न नसकेका कारण अहिले कांग्रेसलाई नै सत्ता हस्तान्तरण गर्नुपरेको बताए । उनले भने, ‘शेरबहादुर देउवा कांग्रेसको अन्तिम प्रधानमन्त्री भन्नुभएको थियो । तर झण्डै दुईतिहाई बहुमत पाएको सरकारले के गर्‍यो ?’

उनले आफ्नै घरलाई व्यवस्थित गर्न नसकेको, जनतालाई दिएको बाचा पूरा गर्न नसकेको, विधि मिचेर बहुमतको हुंकार गरेर साढे तीन वर्षमा आफैँले गरेको अनुमान गलत सावित भएर अहिले देउवा नै प्रधानमन्त्री बनेको उनले बताए ।

संविधानमा रहेको व्यवस्थाअनुसार अहिलेको सरकार गठन भएको र त्यसलाई गलत अर्थ नलगाउन समेत नेता सिंहले आग्रह गरे । ‘संविधान बनाउँदा धारा ७६(५) कुरा गर्ने, अहिले आएर संस्कारको बारेमा कुरा गरेर मिल्छ ?’ उनको प्रश्न थियो ।

सरकारले कोरोना महामारी नियन्त्रणका लागि खोप आयात गर्ने पहिलो प्राथमिकता राखेको र त्यसमा सफल हुने समेत उनले आशा व्यक्त गरे ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  २ : ३२ बजे

कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक