ओलीका कारण अहिलेको अवस्था आयो : हरिबोल गजुरेल « Khabarhub

ओलीका कारण अहिलेको अवस्था आयो : हरिबोल गजुरेल


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादीका नेता हरिबोल गजुरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण अहिलेको अवस्था आएको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै प्रतिनिधिसभाको बैठकमा माओवादी नेता तथा सांसद गजुरेलले अध्यक्ष ओलीले संविधानको भावनाविपरीत काम गरेकाले समस्या आएको टिप्पणी गरे । उनले भने, ‘यो सामान्य परिघटना हैन । दुईतिहाई नजिकको निर्वाचित प्रधानमन्त्री जो पार्टीको अध्यक्ष हुनुहुन्छ । उहाँले २०६२/०६३ को आन्दोलनका बेला अनुभुत नै गर्नुभएन । ०४७ सालको संविधान नै लिएर अघि बढ्नुभयो । र यो दुर्घटना भयो ।’

उनले तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्ने बेलामा कुनै छलफल नगरेको भन्दै आफूले अनुशासन नमान्नेले अरुका बारेमा टिप्पणी गर्न नहुने बताए । उनले भने, ‘आफैँले अनुशासनको पालना नगर्ने, लिखित गरेका सम्झौताहरु बेवास्ता गर्ने अनि ठूलो कुरा गरेर हुन्छ ? अहिलेको जीत जनताको जीत हो ।’

संविधान बनाउने समयमा माओवादीले कार्यकारी राष्ट्रपतिको व्यवस्था संविधानमा गर्न चाहेको भएपनि अन्य दलका कारण असम्भव बनेपछि संविधानको धारा ७६ (५) को व्यवस्था संविधानमा राखिएको उनले बताए । उनले संविधानको भावनाविपरीत पटकपटक संसद विघटन नहोस् भनेर स्पष्ट रुपमा राखिएको व्यवस्था भएको बताए ।

राजनीतिक दलले निर्माण गरेको संविधान आफैँले उल्लघंन गरेपछि अदालत जानुपर्ने अवस्था सिर्जना भएको भन्दै उनले भने, ‘अदालतमा जानुपर्ने अवस्था कसले सिर्जना गर्‍यो । अदालतले व्याख्या गरिदिएको छ । पुरानो हैन, नयाँ हो भनेर ।’

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ३ : २० बजे

स्वदेश फर्कियो कास्य विजेता नेपाली महिला कबड्डी टोली

काठमाडौं– २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला

युद्धको असरले इरानी रियाल ऐतिहासिक न्यून विन्दुमा

तेहरान-  मध्यपूर्वमा जारी युद्ध र बढ्दो आर्थिक प्रतिबन्धका कारण इरानको मुद्रा

बाढी प्रभावित बेनीमा खानेपानी अभाव

म्याग्दी– केही दिनअघिको निरन्तरको वर्षापछिको बाढी पहिरोका कारण पाइपलाइनमा क्षति

भोटेकोशी बाढीबाट दूरसञ्चार क्षेत्रमा ९ करोड बढीको क्षति

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीका कारण

अफगानिस्तानमा विस्फोट, तीन बालबालिकाको मृत्यु

काबुल- पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा विगतको युद्धबाट बाँकी रहेको विस्फोटक उपकरण