ओलीका कारण अहिलेको अवस्था आयो : हरिबोल गजुरेल | Khabarhub Khabarhub

ओलीका कारण अहिलेको अवस्था आयो : हरिबोल गजुरेल


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादीका नेता हरिबोल गजुरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण अहिलेको अवस्था आएको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै प्रतिनिधिसभाको बैठकमा माओवादी नेता तथा सांसद गजुरेलले अध्यक्ष ओलीले संविधानको भावनाविपरीत काम गरेकाले समस्या आएको टिप्पणी गरे । उनले भने, ‘यो सामान्य परिघटना हैन । दुईतिहाई नजिकको निर्वाचित प्रधानमन्त्री जो पार्टीको अध्यक्ष हुनुहुन्छ । उहाँले २०६२/०६३ को आन्दोलनका बेला अनुभुत नै गर्नुभएन । ०४७ सालको संविधान नै लिएर अघि बढ्नुभयो । र यो दुर्घटना भयो ।’

उनले तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्ने बेलामा कुनै छलफल नगरेको भन्दै आफूले अनुशासन नमान्नेले अरुका बारेमा टिप्पणी गर्न नहुने बताए । उनले भने, ‘आफैँले अनुशासनको पालना नगर्ने, लिखित गरेका सम्झौताहरु बेवास्ता गर्ने अनि ठूलो कुरा गरेर हुन्छ ? अहिलेको जीत जनताको जीत हो ।’

संविधान बनाउने समयमा माओवादीले कार्यकारी राष्ट्रपतिको व्यवस्था संविधानमा गर्न चाहेको भएपनि अन्य दलका कारण असम्भव बनेपछि संविधानको धारा ७६ (५) को व्यवस्था संविधानमा राखिएको उनले बताए । उनले संविधानको भावनाविपरीत पटकपटक संसद विघटन नहोस् भनेर स्पष्ट रुपमा राखिएको व्यवस्था भएको बताए ।

राजनीतिक दलले निर्माण गरेको संविधान आफैँले उल्लघंन गरेपछि अदालत जानुपर्ने अवस्था सिर्जना भएको भन्दै उनले भने, ‘अदालतमा जानुपर्ने अवस्था कसले सिर्जना गर्‍यो । अदालतले व्याख्या गरिदिएको छ । पुरानो हैन, नयाँ हो भनेर ।’

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ३ : २० बजे

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ मर्स्याङ्दी

इरानको सूचना दिएको भन्ने आरोपमा ह्वाट्सएपको आपत्ति

काठमाडौं – इरान सरकारले सूचना इजरायलसँग पुगेको भन्दै डिभाइसबाट ह्वाट्सएप

एसियाली राजमार्ग : काँकडभिट्टा–लौकही खण्डमा कालोपत्र

मोरङ– सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ निर्माण थालिएको

राप्ती प्रादेशिक अस्पतालमा ‘सिटीस्क्यान’ सेवा प्रभावित

दाङ– राप्ती प्रादेशिक अस्पतालको सिटीस्क्यान मेसिन एक वर्षदेखि बिग्रिएपछि सेवा

काभ्रेका १३ स्थानीय तह सम्मानित

काभ्रे– काभ्रे जिल्लाका १३ स्थानीय तहलाई सम्मान गरिएको छ ।